५ असार २०८३, शुक्रबार । June 19, 2026

प्रधानमन्त्री कप क्रिकेट

आईतबार भएका दुई खेलमा लुम्बिनी र आर्मी विजयी


२० कार्तिक २०७९, आइतबार  

15
Shares

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा प्रदेश १ माथि ३९ रनको जित निकालेको लुम्बिनी प्रदेशले सेमिफाईनलमा सम्भावना जीवितै राखेको छ ।

त्रिवि क्रिकेट मैदानमा आईतबार भएको खेलमा लुम्बिनी प्रदेशले दिएको २ समय ९१ रनको लक्ष्य पछ्याएको प्रदेश १ ले ४६ ओभरमा सबै विकेट गुमाएर २ सय ५१ रनमा समेटियो । जवाफी ब्याटिङ गरेको प्रदेश १ का लागि दुई खेलाडीले अर्धशतकीय इनिङ खेलपनि टोलीको हार टार्न सकेनन् ।

कप्तान सिद्धान्त लोहनीले ६० बलमा १० चौका र दुई छक्का मद्दतमा सर्वाधिक ७४ रन बनाउँदा ओपनर अंकित सुवेदीले ४८ बलमा १० चौकासहित ५२ रनको पारी खेलेका थिए । यसैगरी निरज मुखियाले ३७ बलमा ४६ रन जोडे । सोनु मण्डल २०,श्रवण यादव १५ र फिर्दोस अन्सारीले १६ रनको योगदान गरेका थिए । ओपनर निरज र अंकितले पहिलो विकेटका लागि ८५ रनको साझेदारी गरेका थिए ।

बलिङतर्फ लुम्बिनीका दुर्गेश गुप्ता, बसिर अहमद र देव खनालले समान दुई विकेट लिए । यस्तै, नरेश नेपाली, अनिल खरेल र तुलबहादुर थापाले समान एक विकेट हात पारे । यसअघि टस जितेर ब्याटिङ गरेको लुम्बिनीले पूरै ५० ओभर खेल्दै आठ विकेटको क्षतिमा २ सय ९० रन बनाएको थियो । लुम्बिनीका कप्तान देवले ९८ बलमा ११ चौका सहित ८९ रन बनाएका थिए । आकाश त्रिपाठीले ४५ रन जोड्दा सन्दीप रिजालले ४४, विशाल विक्रम केसीले ३२ तथा कृष्ण कार्कीले ३१ रनको व्यक्तिगत स्कोर गरेका थिए ।

यस्तै आईतवार मुलापानी मैदानमा विभागीय टोली त्रिभुवन आर्मी क्लवले गण्डकी प्रदेशमाथि ६९ रनको जित निकालेको छ । समूह तालिकामा एक स्थानमाथि रहेको गण्डकीलाई हराउने क्रममा आर्मीका सुशन भारीको ५ विकेटको सहयोगमा आर्मीले सहज जित निकालेको हो । ४७ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको गण्डकीले ३३ दशमलव २ ओभरमा मात्र ९६ रन जोड्न सक्यो ।

जवाफी ब्याटिङ गरेको गण्डकीका लागि ओपनर समिर कडेलले ३९ रन जोड्दा अर्जुन कुमालले १४ रनको योगदान गरे । कप्तान विपिन खत्रीले १९ रन जोडे । गण्डकीलाई न्युन स्कोरमा सिमित गर्न आर्मीका सुशनले ९ ओभरभमा १४ रन खर्चंदै ५ विकेट लिए । उनी म्यान अफ दि म्याच पनि घोषित भए । उनका अलावा सहाब आलम र कुशल मल्लले समान २ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको आर्मीका लागि कप्तान विनोद भण्डारीले अर्धशतकीय पारी खेलेका थिए ।

५४ रन जोड्ने क्रममा विनोदले ७९ बलमा चार चौका र दुई छक्का प्रहार गरेका थिए । त्यस्तै कुशल मल्लले ४५ बलमा ३९ रनको योगदान गर्दा ओपनर अनिल मण्डलले २६ र अर्जुन साउदले १३ रनको योगदान गरे । अर्जुन र अनिलको जोडीले आर्मीलाई पहिलो विकेटको लागि ४३ रनको साझेदारी गरेका थिए । यसबाहेक भीम सार्की र विनोदले ७९ रनको साझेदारी गरेका थिए । बलिङतर्फ गण्डकी प्रदेशका विपिन खत्रीले सर्वाधिक चार विकेट लिए ।

यसैगरी कमल परियारले दुई विकेट निकाल्दा अमित गुरुङ, सुवास भण्डारीले समान एक÷एक विकेट हात पारे ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ६ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा