१६ बैशाख २०८२, मंगलबार । April 29, 2025

प्रधानमन्त्री कप क्रिकेट

आईतबार भएका दुई खेलमा लुम्बिनी र आर्मी विजयी



काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा प्रदेश १ माथि ३९ रनको जित निकालेको लुम्बिनी प्रदेशले सेमिफाईनलमा सम्भावना जीवितै राखेको छ ।

त्रिवि क्रिकेट मैदानमा आईतबार भएको खेलमा लुम्बिनी प्रदेशले दिएको २ समय ९१ रनको लक्ष्य पछ्याएको प्रदेश १ ले ४६ ओभरमा सबै विकेट गुमाएर २ सय ५१ रनमा समेटियो । जवाफी ब्याटिङ गरेको प्रदेश १ का लागि दुई खेलाडीले अर्धशतकीय इनिङ खेलपनि टोलीको हार टार्न सकेनन् ।

कप्तान सिद्धान्त लोहनीले ६० बलमा १० चौका र दुई छक्का मद्दतमा सर्वाधिक ७४ रन बनाउँदा ओपनर अंकित सुवेदीले ४८ बलमा १० चौकासहित ५२ रनको पारी खेलेका थिए । यसैगरी निरज मुखियाले ३७ बलमा ४६ रन जोडे । सोनु मण्डल २०,श्रवण यादव १५ र फिर्दोस अन्सारीले १६ रनको योगदान गरेका थिए । ओपनर निरज र अंकितले पहिलो विकेटका लागि ८५ रनको साझेदारी गरेका थिए ।

बलिङतर्फ लुम्बिनीका दुर्गेश गुप्ता, बसिर अहमद र देव खनालले समान दुई विकेट लिए । यस्तै, नरेश नेपाली, अनिल खरेल र तुलबहादुर थापाले समान एक विकेट हात पारे । यसअघि टस जितेर ब्याटिङ गरेको लुम्बिनीले पूरै ५० ओभर खेल्दै आठ विकेटको क्षतिमा २ सय ९० रन बनाएको थियो । लुम्बिनीका कप्तान देवले ९८ बलमा ११ चौका सहित ८९ रन बनाएका थिए । आकाश त्रिपाठीले ४५ रन जोड्दा सन्दीप रिजालले ४४, विशाल विक्रम केसीले ३२ तथा कृष्ण कार्कीले ३१ रनको व्यक्तिगत स्कोर गरेका थिए ।

यस्तै आईतवार मुलापानी मैदानमा विभागीय टोली त्रिभुवन आर्मी क्लवले गण्डकी प्रदेशमाथि ६९ रनको जित निकालेको छ । समूह तालिकामा एक स्थानमाथि रहेको गण्डकीलाई हराउने क्रममा आर्मीका सुशन भारीको ५ विकेटको सहयोगमा आर्मीले सहज जित निकालेको हो । ४७ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको गण्डकीले ३३ दशमलव २ ओभरमा मात्र ९६ रन जोड्न सक्यो ।

जवाफी ब्याटिङ गरेको गण्डकीका लागि ओपनर समिर कडेलले ३९ रन जोड्दा अर्जुन कुमालले १४ रनको योगदान गरे । कप्तान विपिन खत्रीले १९ रन जोडे । गण्डकीलाई न्युन स्कोरमा सिमित गर्न आर्मीका सुशनले ९ ओभरभमा १४ रन खर्चंदै ५ विकेट लिए । उनी म्यान अफ दि म्याच पनि घोषित भए । उनका अलावा सहाब आलम र कुशल मल्लले समान २ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको आर्मीका लागि कप्तान विनोद भण्डारीले अर्धशतकीय पारी खेलेका थिए ।

५४ रन जोड्ने क्रममा विनोदले ७९ बलमा चार चौका र दुई छक्का प्रहार गरेका थिए । त्यस्तै कुशल मल्लले ४५ बलमा ३९ रनको योगदान गर्दा ओपनर अनिल मण्डलले २६ र अर्जुन साउदले १३ रनको योगदान गरे । अर्जुन र अनिलको जोडीले आर्मीलाई पहिलो विकेटको लागि ४३ रनको साझेदारी गरेका थिए । यसबाहेक भीम सार्की र विनोदले ७९ रनको साझेदारी गरेका थिए । बलिङतर्फ गण्डकी प्रदेशका विपिन खत्रीले सर्वाधिक चार विकेट लिए ।

यसैगरी कमल परियारले दुई विकेट निकाल्दा अमित गुरुङ, सुवास भण्डारीले समान एक÷एक विकेट हात पारे ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ६ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेप्सेमा गिरावट, फाइनान्स क्षेत्रका कम्पनीहरूको वृद्धि

काठमाडौं । नेपाली सेयर बजारमा सोमबार परिसूचक र कारोबार रकममा

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

काठमाडौं । एनआईसी एशिया क्यापिटल र पैचो पसलबीच भविष्यमा पैचो

सङ्खुवासभामा चट्याङका कारण १७ भैँसी मरे

सङ्खुवासभा । मकालु गाउँपालिका–३ को कालोपातलमा वर्षासँगै आएको चट्याङका कारण

चिनियाँ भाषा सिक्न आएका इन्जिनियर सापकोटाको संघाइमा मोडिएको जिन्दगी

इन्जीनियरीङ क्याम्पसमा अध्यापन गरिरहेका इन्जीनियर अनन्त सापकोटा चिनियाँ भाषा सिक्ने

शिक्षक संघर्ष जारीः अवस्था झन झन जटिल बन्दै

काठमाडौं । विद्यालय शिक्षा ऐनको माग राख्दै शिक्षकहरूको प्रदर्शन काठमाडौंमा