२६ बैशाख २०८३, शनिबार । May 9, 2026

लम्जुङमा जुवा खेलिरहेका ३८ जुवाडे पक्राउ


१९ कार्तिक २०७९, शनिबार  

18
Shares

लम्जुङ । लम्जुङमा प्रहरीले एकै रात ३८ जुवाडे पक्राउ गरेको छ ।

जिल्लाका दुई ठाउँबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लम्जुङले जनाएको छ । बेसीशहर नगरपालिका–११ चिती तिनपिप्लेका गणेशप्रसाद श्रेष्ठको घरमा कौडा खेलिरहेका २५ जनालाई शुक्रवार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लम्जुङले जनाएको छ । उनीहरुको साथबाट १ लाख २१ हजार रुपैयाँ र १६ थान कौडा बरामद गरिएको प्रहरीले जनाकारी दिएको छ ।

त्यस्तै सुन्दरबजार नगरपालिका–१ कुन्छा स्थित रामबहादुर दुराको घरमा कौडा खेलिरहेका १३ जनालाई पनि प्रहरीले सोही रात पक्राउ गरेको छ । राती एक बजेको समयमा उनीहरुलाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट १ लाख ६० हजार नगद र १६ थान कौडा बरामद गरिएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ७ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज ! अनामनगर पूर्बीगेटमा सेवा सुभारम्भ

काठमाडौं । संकल्प इन्भेष्टमेन्ट प्रा.लि.ले ‘एभरेष्ट कफी बिन्स’ को फ्रेन्चाइज

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१