१० श्रावण २०८३, आइतबार । July 26, 2026

प्रधानमन्त्री कप क्रिकेट

शुक्रबार भएको खेलमा आर्मी विजयी, एपिएफ र गण्डकी बराबरीमा


१८ कार्तिक २०७९, शुक्रबार  

6
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशमाथि १ सय ६९ रनको फराकिलो जित निकाल्दै विभागीय टोली त्रिभुवन आर्मीले प्रधानमन्त्री कप क्रिकेटमा पहिलो जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न शुक्रवारको खेलमा आर्मीले सुदूरपश्चिमलाई फराकिलो अन्तरले पराजित गरेर दोस्रो खेलबाट पहिलो जित निकालेको हो । यसअघि पहिलो खेलमा आर्मीले अर्को विभागीय टोली एपिएफलाई ५६ रनको नतिजा सुम्पिएको थियो । आर्मीले दिएको २ सय ८३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सुदूरपश्चिमले २९ ओभर ४ बलमा अलआउट हुँदै १ सय १३ रन मात्र बनाउन सक्यो ।

सुदूरपश्चिमका लागि वसन्त खत्रीले सर्वाधिक २५ रन जोड्दा नारायण जोशीले १९ रन जोड्न सफल भए । त्यस्तै गजेन्द्र भण्डारीले १७ तथा टेक रावलले १५ रन बनाए । सुदूरपश्चिमको इनिङलाई सस्तैमा समेट्ने क्रममा जितेन्द्र मुखियाले ३ विकेट लिए । विक्रम सोब र शादव खानले दुई दुई विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८२ रन बनाएको थियो । आर्मीका लागि अर्जुन साउदले सर्वाधिक ७३ रनको अर्धशतकीय इनिङ खेले ।

त्यस्तै कुशल मल्लले ४३ रन जोड्दा भीम सार्कीले ३४ तथा कप्तान विनोद भण्डारीले २८ रन बनाए । सुदूरपश्चिमका हेमन्त धामी, नारायण जोशी र गजेन्द्र बोहराले दुई दुई विकेट लिए । यस जितसँगै आर्मीले २ खेलमा २ अंक जोड्दै समुहको तेस्रो स्थानमा छ । त्यस्तै शुक्रबार नै भएको अर्को खेलमा एपिएफ र गण्डकीप्रदेशबीच खेल टाइ भएको छ । यससँगै दुवै टोलीले १–१ अंक बाँडेका छन् ।

मैदान ओसिलो भएका कारण ४३ ओभरमा घटाइएको खेलमा एपिएफले दिएको १ सय १६ रनको लक्ष्य गण्डकीले ३१ ओभरमा ९ विकेट गुमाएर १ सय १५ रन बनाउन सक्यो । नौ विकेट गुमिसकेको अवस्थामा ३१ औं ओभरको अन्तिम बलमा ब्याटिङमा रहेका कमल परियार मौसम ढकालको बलमा बोल्ड हुँदै पवेलियन फर्किएपछि खेल टाई भएको थियो । यस अघि गण्डकीका अभिषेक बस्नेतले सर्वाधिक २४ रनको पारी खेल्दा ओपनर अर्जुन कुमालले १८, कप्तान विपिन खत्रीले १७ तथा कमल ढकालले ११ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको व्यक्तिगत स्कोर बनाउन सकेनन् ।

बलिङतर्फ एपिएफका मौसम ढकाल र किशोर महतोले समान ४–४ विकेट निकाल्दा भुवन कार्कीको नाममा दुई विकेट रह्यो । यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपिएफले ३५ दशमलव १ ओभरमा सबै विकेट गुमाएर १ सय १५ जोडेको थियो । एपिएफका दुवै ओपनरले राम्रो शुरुवात गर्न सकेनन् । एपिएफका तीन ब्याट्सम्यान शून्यमा पवेलियन फर्किएका थिए । बलियो एपिएफलाई रोक्ने क्रममा अमृत गुरुङ र अर्जुन कुमालले समान ३–३ विकेट लिए ।

यस्तै सुवास भण्डारीको नाममा २ विकेट रहँदा चन्द्र पौडेल र विपिन खत्रीले १–१ विकेट निकाले । एपिएफ रन रेटको आधारमा समूह तालिकाको शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ६ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर