५ बैशाख २०८२, शुक्रबार । April 18, 2025

ब्याजदर तत्काल घटाउन माग गर्दै उद्योगी, व्यवसायीहरु सडकमा



काठमाडौं । ब्याजदर तत्काल घटाउन सरकारसँग माग गर्दै आएका उद्योगी, व्यवसायीहरुले सडक आन्दोलन सुरु गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा उद्योगी, व्यवसायीहरुले शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा बैंक तथा वित्तिय संस्थाहरुले ब्याजदर दोब्बर गरेर आतंक फैलाएको भन्दै त्यसको मौन विरोध प्रर्दशन गरेका हुन् । उनीहरुले मुलुकको उद्योग, व्यवसायलाई बचाउनका लागि एक अंकको ब्याजदर कायम गर्न र तत्कालका लागि लिलामी गर्ने नीतिगत व्यवस्था खारेज गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् ।

विगत ६ महिना यतामात्रै ब्याजदर दोब्बर वृद्धि गरेर आफूहरु मारमा परेकाले सरकारको विरुद्धमा सडक आन्दोलन सुरु गर्न बाध्य हुनु परेको उनिहरुको भनाइ छ । व्यवसायीहरुले सरकारद्वारा बैंकिङ तरलता, बैंक ब्याजदर लागत न्यूनिकरणका लागि सुझाव दिन गठित उच्च स्तरीय समन्वय समितिले कामै नगरेकोमा पनि आक्रोश पोखेका छन् ।

विरोध प्रर्दशनमा महासंघ अन्तरगतका सबै उद्योगी, व्यवसायीहरु सहभागी भएका थिए । उनीहरुले सेवा शुल्क कम गर्न, ब्याजदरमा स्थिरता कायम गर्न, एक अंक भन्दा बढि ब्याजदर नराख्न माग गर्दै प्ले कार्डहरु पनि प्रर्दशन गरेका थिए । महासंघले ब्याजदर घटाउनेलगायतका माग राखि अर्थमन्त्री जनार्दन शर्मा, नेपाल राष्ट्र बैंकलाई पनि ध्यानाकर्षण पत्र बुझाउने जनाएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  २ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बारामा टिपर र कार ठोक्किँदा दुईको ज्यान गयो, चालक फरार

बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ भुइँपुल नजिकैको पूर्व–पश्चिम राजमार्गमा

गभर्नर दौडमा डा. भट्ट अगाडि, रोक्न अदालतको बाटो रोजियो !

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पदमा डा. गुणाकर

अब दर्ता नगरे फेसबुक चल्दैन ! मन्त्री गुरुङले दिए प्रतिबन्धको संकेत

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक

डा.गुणाकर भट्ट गभर्नर बन्ने पक्का, कार्यकारी निर्देशकबाट दिए राजीनामा

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले

दाङमा भारतीय पर्यटक बोकेको बस दुर्घटनाः २१ जना घाइते

दाङ । भारतको लखनउबाट पर्यटकीय भ्रमणका लागि पोखरा जाँदै गरेको