५ असार २०८३, शुक्रबार । June 19, 2026

मंगलवार नेप्से परिसूचक उच्च अंकले वृद्धि


१५ कार्तिक २०७९, मंगलबार  

6
Shares

काठमाडौं । मंगलवार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ ।

सोमवार १६ अंकले बढेको नेप्से परिसूचक मंगलवार ५६ दशमलव ११ अंकले वृद्धि भएर १ हजार ९३० दशमलव ९९ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३ दशमलव ०४ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स २ दशमलव ८३ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ३ दशमलव ११ प्रतिशतले बढेको छ ।

मंगलवार कारोबारमा आएका २३१ कम्पनीको ३९ लाख ७१ हजार ५९४ कित्ता शेयर १ अर्ब २९ करोड ६६ लाख ४ हजार ६४२ रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलवार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । नेप्सेका १३ उपसमूह सकारात्मक देखिएको छ । जसमा अन्य उपसमूहको सबैभन्दा बढी ५ दशमलव २८ प्रतिशतले बढेको छ ।

त्यस्तै,फाइनान्स ५ दशमलव ४ प्रतिशत, व्यापार उपसमूहको ४ दशमलव ५६,हाइड्रो पावर ४ दशमलव ३७ प्रतिशतले बढेको छ । विकास बैंक र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, होटल तथा पर्यटन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।

मंगलवार न्यादी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै,युनिभर्सल पावर कम्पनीको शेयरमूल्य ९ प्रतिशत बढेको छ भने युनियन हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल, दिव्यश्वरी हाइड्रोपावर र प्रोग्रेशिभ फाइनान्सको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ ।

आज एनआईसी एशिया बैंकको ६ करोड ६५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ३ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा