१५ बैशाख २०८२, सोमबार । April 28, 2025

मंगलवार नेप्से परिसूचक उच्च अंकले वृद्धि



काठमाडौं । मंगलवार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ ।

सोमवार १६ अंकले बढेको नेप्से परिसूचक मंगलवार ५६ दशमलव ११ अंकले वृद्धि भएर १ हजार ९३० दशमलव ९९ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३ दशमलव ०४ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स २ दशमलव ८३ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ३ दशमलव ११ प्रतिशतले बढेको छ ।

मंगलवार कारोबारमा आएका २३१ कम्पनीको ३९ लाख ७१ हजार ५९४ कित्ता शेयर १ अर्ब २९ करोड ६६ लाख ४ हजार ६४२ रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलवार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । नेप्सेका १३ उपसमूह सकारात्मक देखिएको छ । जसमा अन्य उपसमूहको सबैभन्दा बढी ५ दशमलव २८ प्रतिशतले बढेको छ ।

त्यस्तै,फाइनान्स ५ दशमलव ४ प्रतिशत, व्यापार उपसमूहको ४ दशमलव ५६,हाइड्रो पावर ४ दशमलव ३७ प्रतिशतले बढेको छ । विकास बैंक र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, होटल तथा पर्यटन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।

मंगलवार न्यादी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै,युनिभर्सल पावर कम्पनीको शेयरमूल्य ९ प्रतिशत बढेको छ भने युनियन हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल, दिव्यश्वरी हाइड्रोपावर र प्रोग्रेशिभ फाइनान्सको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ ।

आज एनआईसी एशिया बैंकको ६ करोड ६५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ३ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेप्सेमा गिरावट, फाइनान्स क्षेत्रका कम्पनीहरूको वृद्धि

काठमाडौं । नेपाली सेयर बजारमा सोमबार परिसूचक र कारोबार रकममा

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

काठमाडौं । एनआईसी एशिया क्यापिटल र पैचो पसलबीच भविष्यमा पैचो

सङ्खुवासभामा चट्याङका कारण १७ भैँसी मरे

सङ्खुवासभा । मकालु गाउँपालिका–३ को कालोपातलमा वर्षासँगै आएको चट्याङका कारण

चिनियाँ भाषा सिक्न आएका इन्जिनियर सापकोटाको संघाइमा मोडिएको जिन्दगी

इन्जीनियरीङ क्याम्पसमा अध्यापन गरिरहेका इन्जीनियर अनन्त सापकोटा चिनियाँ भाषा सिक्ने

शिक्षक संघर्ष जारीः अवस्था झन झन जटिल बन्दै

काठमाडौं । विद्यालय शिक्षा ऐनको माग राख्दै शिक्षकहरूको प्रदर्शन काठमाडौंमा