६ श्रावण २०८३, बुधबार । July 22, 2026

देवकोटा सङ्ग्रहालय परिसरमा वाङ्मय मूर्ति स्थापना गरिने


४ कार्तिक २०७९, शुक्रबार  

0
Shares

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले काठमाडौँ महानगरपालिका–३० मैतीदेवीस्थित लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय परिसरमा देवकोटा वाङ्मय मूर्ति स्थापना गर्ने भएको छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४औँ जन्मजयन्तीका अवसरमा आयोजित व्यक्तित्व चर्चा तथा रचनावाचन कार्यक्रममा निमित्त कुलपति डा. जगमान गुरुङले देवकोटाका अध्यात्म एवं भारत र चीनबीचको मैत्री सम्बन्ध झल्कने वाङ्मय मूर्ति स्थापना गर्न लागिपर्ने प्रतिबद्धता जनाए ।

मुनामदनलाई चिनियाँ एवं तिब्बती भाषामा उल्था गर्ने र भारतका साहित्यकारहरुलाई सङ्ग्रहालय परिसरमा ल्याएर अन्तररक्रिया गरिने उनको भनाइ थियो । कार्यक्रममा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले सङ्ग्रहालयमा देवकोटाका बारेमा विभिन्न विश्वविद्यालयबाट भएका शोध प्रबन्ध ल्याएर राख्नुपर्ने बताए।

त्यस्तै पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीले धोबीधारास्थित देवकोटा जन्मिएको घरलाई पनि सङ्ग्रहालय बनाउन लाग्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ६ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर