१ जेष्ठ २०८२, बुधबार । May 15, 2025

अश्लील भिडियो खिचेको आरोपमा म्यानेजर पक्राउ



काठमाडौं । लजको कोठामा गोप्य क्यामेरा राखेर अश्लील भिडियो खिचेको आरोपमा प्रहरीले काठमाडौंमा एक जना होटल म्यानेजरलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंको बाँसबारीस्थित बाँसबारी रेष्ट्रो क्याफे एण्ड लजका म्यानेजर ४२ वर्षका मुकेश माली रहेका प्रहरीले जनाएको छ । उनले लजमा बस्न आउने पाहुनाहरुको गोप्य रुपमा अश्लील भिडियो रेकर्ड गर्ने गरेको भन्ने सूचना प्राप्त हुन आएपछि प्रहरी वृत्त महाराजगञ्जबाट टोली खटिएको थियो ।

त्यो टोलीले होटलमा पुगेर पालको मोबाइल जाँच गर्दा मोबाइलमा होटलमा बसेका विभिन्न व्यक्तिहरुको भिडियो फेला पारेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मालीमाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद(५ को ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसूर’ अन्तर्गत दफा ११८ को ‘अभद्र व्यवहार गर्न नहुने’ मुद्दामा जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट ५ दिनको म्याद थप गरी प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ४ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लगातार चौथो दिन पनि घट्यो सेयर बजार, कति पुग्यो कारोबार रकम ?

काठमाडौं । नेपाली सेयर बजारमा गिरावटको क्रम बुधबार पनि जारी

पुम्दिकोटमा नगर बस दुर्घटनाः २० यात्रु घाइते, ४ को अवस्था गम्भीर

पुम्दिकोट । पोखरा महानगरपालिका–२२ पुम्दिकोटमा बुधबार दिउँसो नगर बस दुर्घटना

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट पुनः ‘हेर्न नमिल्ने’ सूचीमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर गरिएको

क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको घोषणा

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका चर्चित खेलाडी सन्दीप लामिछानेले नेपाल

मखनटोलमा आगलागी अपडेटः मृत्यु हुने काभ्रेकी विष्णु अधिकारी

काठमाडौं । काठमाडौं महानगरपालिका–२४, मखनटोलस्थित सुरज आर्केड पछाडिका दुई घरमा