२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

मल उपलब्ध गराउन काभ्रेका किसानको माग


४ कार्तिक २०७९, शुक्रबार  

0
Shares

काभ्रेपलाञ्चोक । आलुलगायत तरकारीजन्य बाली लगाउने समयमा रासायनिक मल अभाव भएकाले सहजरूपमा मल आपूर्ति गर्न पाँचखालका किसानले काभ्रेपलाञ्चोक प्रशासनसँग माग गरेका छन् ।

उनीहरुले मल आपूर्तिका लागि सङ्घर्ष समिति गठन गरी पाँचखाल नगरपालिका कार्यालय र जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षणपत्र समेत बुझाएका छन् । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र नगर उपप्रमुख सूर्यमाया दनुवारलाई सयौँ सङ्ख्यामा उपस्थित किसानले ध्यानाकर्षणपत्र बुझाउँदै एक वर्षदेखि रासायनिक मल अभाव झेल्दै आएकाले हालको आलुलगायत तरकारीजन्य बाली लगाउने समयमा पनि मल सहज आपूर्ति नभए आन्दोलनमा उत्रने चेतावनीसमेत दिएका छन् ।

उनीहरुले बिहीबार पाँचखाल बजार र सदरमुकाम धुलिखेलमा मल माग गर्दै ¥यालीको आयोजना गरी ध्यानाकर्षणपत्र बुझाएका थिए । प्रजिअ पाण्डेले किसानको ध्यानाकर्षणपत्र बुझ्दै किसानको समस्याप्रति आफू निकै गम्भीर भएको र समस्या समाधानार्थ केन्द्रीय निकायमा सहजीकरण गर्ने बताए ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ९ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ