५ बैशाख २०८३, शनिबार । April 19, 2026

बिहिबार नेप्से परिसूचक झिनो अङ्कको गिरावट


३ कार्तिक २०७९, बिहिबार  

0
Shares

काठमाडौं । बिहिबार शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलब ३८ अङ्कले ओरालो लागेर एक हजार आठ सय ४४ दशमलब १४ मा सीमित भएको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.०९ अङ्कले उकालो लागेर ३६३.०५ पुगेको छ ।

कूल दुई सय २१ कम्पनीको १५ लाख ४६ हजार आठ सय ५७ कित्ता शेयर ५० करोड ७६ लाख ८९ हजार पाँच सय ६१ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा झिनो अङ्कको वृद्धि भएको छ ।

यस्तै, १० उपसमूहको शेयर मूल्यमा भने गिरावट भएको छ । कारोबारका आधारमा अभियान लघुवित्त शीर्ष स्थानमा छ । सो कम्पनीको तीन करोड ६९ लाख ५२ हजार नौ सय एक बराबरको कारोबार भयो । गरिमा विकास बैंक दुई करोड ६७ लाख ५४ हजार तीन सय १६, एभरेष्ट बैंक दुई करोड ४९ लाख चार हजार सात सय ५३, नबिल बैंक दुई करोड ३७ लाख ८८ हजार दुई सय ७१ र एनआइसी एशिया बैंकको एक करोड ३३ लाख ८८ हजार बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार सयपत्री हाइड्रोपावर ९.९७, बिन्दवासिनी हाइड्रोपावर ४.३७, विशाल बजार कम्पनी ४.०४, नारायणी डेभलपमेन्ट बैंक ३.४० र रुरु जलविद्युत् परियोजनाका लगानीकर्ताले २.७० प्रतिशतले कमाएका छन् । त्यस्तै, सेञ्चुरी बैंकको ऋणपत्र ७.७३, सामुदायिक लघुवित्त ७.६७, अभियान लघुवित्त ६.५९, हिमालयन पावर पाटर्नर ५.६१ र अप्पर हेवाखोला हाइड्रोपावरका लगानीकर्ताले ५.५६ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  ४ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित