३० चैत्र २०८१, आइतबार । April 13, 2025

वेबसाइट र्‍याङ्किङ सिस्टम ‘एलेक्सा’ सदाका लागि बन्द



एजेन्सी । अमेजनले वेबसाइटहरुको विश्वप्यापि याङ्किङ सिस्टम एलेक्सा सदाका लागि बन्द गरेको घोषणा गरेको छ ।

मे १ देखि लागू हुनेगरी अमेजनले सेवा बन्द गरेको हो । नेपालमा समेत वेबसाइटहरुको स्तर मापनका लागि एलेक्सा निकै चर्चित रहँदै आएको थियो । एलेक्सामा आफूलाई अब्बल देखाउन अनलाइन सञ्चारमाध्यमका साथै ब्राण्डहरुले एलेक्सालाई डलर तिर्ने प्रचलन समेत व्यक्त थियो ।

सोमबारदेखि भने एलेक्साले सेवा बन्द भएको सूचना राख्दै करिब २५ वर्ष पुरानो कम्पनीलाई निरन्तरता नदिने बताएको हो । ‘दुई दशकभन्दा लामो समय सेवा पछि हामीले एलेक्सा डटकमलाई मे १, २०२२ देखि बन्द गरेका छौँ’, कम्पनीले भनेको छ । सन् १९९६ मा स्थापना भएको एलेक्सा सन् १९९९ मा अमेजनले किनेको थियो । नेपालमा कतिपय व्यापारित क्षेत्रले समेत एलेक्साको आधारमा आफ्नो विज्ञापन योजना बनाउँदै आएका थिए ।

एलेक्साको आधारमा व्यापार तान्ने भएपछि सञ्चारमाध्यमले एलेक्सामा र्यांक माथि देखाउँदो डलरको खर्च गरेर फर्जी र्‍यांक समेत देखाउने गरेका थिए । एलेक्सामा अब्बल देखाउन भएको प्रतिस्पर्धाका कारण कतिपयले आलोचना समेत गर्ने गरेका थिए । कम्पनीले भने सेवा बन्द गरेको जानकारी दिएपनि के कारणले अप्रिय निर्णय लिनुपर्यो भन्नेबारे स्पष्ट पारेको छैन ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ७ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आदेश नभएसम्म प्रहरीको राजीनामा स्वीकृत नहुने

काठमाडौँ । पछिल्लो समय देशभर विशेषगरी काठमाडौंमा भइरहेका विभिन्न आन्दोलन

कति छ आइतबारको विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको एकको

एनएसएल:ललितपुर प्लेअफमा पुग्ने पहिलो टोली, बुटवल प्रतियोगिताबाट बाहिर

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ अन्तर्गत शनिबार त्रिपुरेश्वरस्थित

गुजरातको चार खेलको विजयी लयमा लखनउको झड्का

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ अन्तर्गत शनिबार भएको

हैदराबादले रच्यो इतिहासः अभिषेक शर्माको शतकले दिलायो रोमाञ्चक जित

शनिबार राजीव गान्धी स्टेडियममा आयोजित आईपीएल खेलमा सनराइजर्स हैदराबादले पन्जाब