३० चैत्र २०८१, आइतबार । April 13, 2025

महिला चार सय मिटर दौडमा आर्मीलाई स्वर्ण



काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला चार सय मिटर रिले दौडमा आर्मीले स्वर्ण पदक जितको छ ।

आर्मीले गण्डकी प्रदेशलाई पछि पार्दै स्वर्ण पदक हात पारेको हो । आर्मीका लागि रमिता गुरुङ, सरस्वती चौधरी, जयरानी थारू र निर्मला थापाले ४९ दशमलव ६० सेकेन्डमा दूरी पार गरे । गण्डकीका लागि मसिना अधिकारी, अनिशा भण्डारी, सविना खातुन मियाँ र निशा घर्तीले ५२ दशमलव ७५ सेकेण्डमा दूरी पूरा गर्दै रजत पदक प्राप्त गरेका हुन् ।

बागमतीका लागि रजिता दुलाल, स्वगता खाइजु, प्रकृति सुवाल र लुजना आमात्यले ५२ दशमलव ७६ सेकेण्डमा दूरी पूरा गर्दै कांस्य पदक जितेका छन् । त्यस्तै पुरुष चार सय मिटर रिले दौडमा एपिएफले स्वर्ण पदक जितेको छ । एपिएफका नीरप्रताप महतो, आशिष चौधरी, शिवराज पार्की र चन्द्रबहादुर पुलामी मगरले ४२ दशमलव ४४ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक हात पारेका हुन् ।

त्यस्तै आर्मीका जीवन चौधरी, विवश थारू, युवराज विक र डिल्ली भण्डारीले ४२ दशमलव ६० सेकेन्डमा दूरी पूरा गर्दै रजत पदक हात पारे । लुम्बिनी प्रदेशका सीमान पाण्डे, सुजल डाँगी, रोशन थारू र तुल्सीराम थारूले ४४ दशमलव ३८ सेकेण्डमा पूरा गर्दै कांस्य पदक जितेका हुन ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ६ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षको अन्तिम दिन सेयर बजार ओरालो, नेप्से ८.८४ अंकले घट्यो

काठमाडौं । वर्ष २०८१ को अन्तिम दिन आइतबार सेयर बजार

रवि लामिछानेको रिटमा सर्वोच्चमा सुनुवाइ सकियो, फैसला कहिले आउला ?

काठमाडौं । थुनामुक्तिको माग गर्दै रवि लामिछानेले दायर गरेको रिटमा

यू–१९ विश्वकप छनोटः नेपालले युएईलाई जितका लागि २ सय १ रनको लक्ष्य दियो

काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया छनोट प्रतियोगिताअन्तर्गत नेपालले युएईविरुद्ध

नेपाललाई हराउँदै चार देशीय टी–२० सिरिजको उपाधि कुवेतले उचाल्यो

काठमाडौं । हङकङमा सम्पन्न चार देशीय टी–२० क्रिकेट सिरिजमा कुवेतले

नेपालविरुद्ध कुवेतको सशक्त प्रदर्शन, १७५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । हङकङमा जारी चारदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा कुवेतले