२ जेष्ठ २०८२, बिहिबार । May 16, 2025

बुधबार पनि नेप्से परिसूचक ओरालो



काठमाडौं । साताको पहिलो कारोबार दिनदेखि ओरालो लागेको नेप्से बुधवार नेप्से परिसूचक १२ दशमलव ८१ अंक घटेर १८४५ दशमलव ५१ बिन्दुमा झरेको छ ।

यसैगरि,सेन्सेटिभ इण्डेक्स २ दशमलव ६६ अंक, फ्लोट इण्डेक्स ० दशमलव ६५ अंक र सेन्सेटिभ इण्डेक्स ० दशमलव ९३ अंकले घटेको छ । बुधवार कारोबारमा आएका २१६ कम्पनीको २१ लाख ५१ हजार कित्ता शेयर ६४ करोड ३६ लाख ७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

नेप्सेका १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी उपसमूहको परिसूचक घटेको छ । जसमा होटल तथा पर्यटन उपसमूहको परिसूचक १ दशमलव ५६ प्रतिशत बढेको छ भने म्युचुअल फण्डको ० दशमलव १८ प्रतिशतले बढेको छ । यता वित्त उपसमूहको परिसूचक २ दशमलव ५४ प्रतिशत घटेको छ ।

बुधवार ३ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा अभियान लघुवित्त वित्तीय संस्था, सयपत्री हाइड्रोपावर र सिटिजन्स म्युचुअल फण्ड २ को सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, अपर हेवाखोलाको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ ।

तर पिपुल्स पावरको शेयरमूल्य करिब साढे ७ प्रतिशत घटेको छ । बुधवार सोल्टी होटलको ३ करोड ७२ लाख १२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ५ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खसीको नाममा बाख्रीको मासु बेच्ने पक्राउ

बुटवल । बुटवल उपमहानगरपालिका–१ जितगढीका मेराज शाहलाई खसीको मासुको नाममा

गाजामा इजरायली आक्रमण: ८० जनाभन्दा बढीको मृत्यु

एजेन्सी । उत्तरी गाजामा इजरायली सेनाले मङ्गलबार राति र बुधबार

सतुंगलको कपडा पसलमा भीषण आगलागी, ६ दमकलको प्रयासपछि नियन्त्रणमा

काठमाडौं । चन्द्रागिरि नगरपालिका–११, सतुंगल चोकस्थित एक व्यवसायिक कम्प्लेक्समा आज

युट्युब हेरेर सीप सिकिन्, महिनामा ६० हजार कमाउने उद्यमी बनिन् बसन्ती

कञ्चनपुर । कञ्चनपुर, पुनर्वास–३ की बसन्ती चन्द अब घर खर्चका

काठमाडौंमा चिनियाँ उपाध्यक्ष सियाओ: सगरमाथा संवाददेखि सांस्कृतिक यात्रासम्म

काठमाडौं । नेपाल – चिनियाँ राष्ट्रिय जनकंग्रेसको स्थायी समिति उपाध्यक्ष