८ कार्तिक २०८३, आइतबार । October 25, 2026

पहिलो त्रैमाससम्म साढे १५ प्रतिशत बजेट खर्च, चालु खर्चको अंश ठुलो


१ कार्तिक २०७९, मंगलबार  

0
Shares

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा साढे १५ प्रतिशत बजेट खर्च भएको छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार असोज मसान्तसम्म कुल २ खर्ब ७८ अर्ब १६ करोड रुपैयाँ बजेट खर्च भएको छ । पहिलो त्रैमासमा भएको यो खर्च चालु आवमा सरकारले विनियोजन गरेको १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको १५ दशमलव ५१ प्रतिशत हो ।

असोज महिनामा मात्र १ खर्ब १५ अर्ब रुपैयाँ चालु प्रकृतिको खर्च भएको छ । भदौ मसान्तसम्म १ खर्ब ८ अर्ब रुपैयाँ मात्र भएको चालु खर्च असोजमा २ खर्ब २३ अर्ब ७५ करोड पुगेको महालेखाको तथ्यांकमा उल्लेख छ । चालु खर्च कुल लक्ष्यको १८ दशमलव ९१ प्रतिशत भएको छ ।

पूँजीगत खर्चको गति भने साविकमा जस्तै सुस्त देखिएको छ । यद्यपि असोज महिनामा अघिल्लो महिनाको तुलनामा पूँजीगत खर्चमा समेत केही सुधार देखिएको छ । असोज मसान्तसम्म पूँजीगत खर्च १९ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । भदौ मसान्तसम्म पूँजीगत खर्च मात्र ५ अर्ब ८६ करोड रहेको थियो ।

एक महिनामा १३ अर्ब ८२ करोड रुपैयाँ बराबरको खर्च भएको छ । यस वर्ष सरकारले ३ खर्ब ८० अर्ब रुपैयाँ पूँजीगत खर्चको लक्ष्य लिएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  २ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि