१६ जेष्ठ २०८३, शनिबार । May 31, 2026

पहिलो त्रैमाससम्म साढे १५ प्रतिशत बजेट खर्च, चालु खर्चको अंश ठुलो


१ कार्तिक २०७९, मंगलबार  

0
Shares

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा साढे १५ प्रतिशत बजेट खर्च भएको छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार असोज मसान्तसम्म कुल २ खर्ब ७८ अर्ब १६ करोड रुपैयाँ बजेट खर्च भएको छ । पहिलो त्रैमासमा भएको यो खर्च चालु आवमा सरकारले विनियोजन गरेको १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको १५ दशमलव ५१ प्रतिशत हो ।

असोज महिनामा मात्र १ खर्ब १५ अर्ब रुपैयाँ चालु प्रकृतिको खर्च भएको छ । भदौ मसान्तसम्म १ खर्ब ८ अर्ब रुपैयाँ मात्र भएको चालु खर्च असोजमा २ खर्ब २३ अर्ब ७५ करोड पुगेको महालेखाको तथ्यांकमा उल्लेख छ । चालु खर्च कुल लक्ष्यको १८ दशमलव ९१ प्रतिशत भएको छ ।

पूँजीगत खर्चको गति भने साविकमा जस्तै सुस्त देखिएको छ । यद्यपि असोज महिनामा अघिल्लो महिनाको तुलनामा पूँजीगत खर्चमा समेत केही सुधार देखिएको छ । असोज मसान्तसम्म पूँजीगत खर्च १९ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । भदौ मसान्तसम्म पूँजीगत खर्च मात्र ५ अर्ब ८६ करोड रहेको थियो ।

एक महिनामा १३ अर्ब ८२ करोड रुपैयाँ बराबरको खर्च भएको छ । यस वर्ष सरकारले ३ खर्ब ८० अर्ब रुपैयाँ पूँजीगत खर्चको लक्ष्य लिएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  २ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था