१ आश्विन २०८३, बिहिबार । September 18, 2026

दशैंको अवसर पारेर नेपथ्यले ल्यायो नयाँ गीत ‘नैनताल’


१५ आश्विन २०७९, शनिबार  

0
Shares

काठमाडौँ । चर्चित ब्यान्ड नेपथ्यले दशैं छेको पारेर नयाँ गीत ‘नैनताल’ सार्वजनिक गरेको छ। गीतमा विश्वयुद्धमा लडेका सैनिकहरु घर फर्किएर आउँदाका अनुभव समेटिएको छ।

गीतमा भारत उत्तराखण्डको नैनीताललाई नै नैनताल नाम दिइएको छ। नेपथ्यले सन् २०१५ मै रेकर्ड गरेको यो गीत सार्वजनिक नगरिएको भए पनि यसअघिबाट नै मञ्चहरुमा भने गाउँदै आइएको थियो। आफूसँग संकलनमा रहेको यो गीतलाई नेपथ्यका गायक एवं अगुवा अमृत गुरुङले थप अध्ययनसहित परिमार्जन गरेर तयार पारेका हुन्। यस क्रममा उनले थुप्रै भूतपूर्व गोर्खा, तिनका सन्तान र गाउँलेहरुसँग भेटेका थिए।

यसरी तयार भएको यो गीत पहिलोपटक लण्डनको ओ टु एकेडेमी ब्रिक्सटनमा सन् २०१५ मा प्रस्तुत गरिएको थियो। त्यो कन्सर्ट ताका गोर्खा परम्पराको इतिहासले २ सय वर्ष टेकेको थियो। त्यसैबेला नेपथ्यले सम्पूर्ण गोर्खा सैनिक परिवारलाई समर्पित गर्दै यो गीत प्रस्तुत गरेको थियो। ‘हाम्रो लोक संस्कृतिमा भित्रिएका लाहुरे स्वादको थुप्रै अभिव्यक्तिमध्येकै एउटा पाटो वर्णन गर्ने यो गीत पल्टनमा गएका मेरा काकाबा र मावल खलकले वर्षौंदेखि गाउँदै आएका र मैले केटाकेटीदेखि सुन्दै आएको हुँ,’ अमृत भन्छन्।

यो गीत तयार पार्न अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिएका छन्।

नैन ताल

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  ४ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ