२२ चैत्र २०८१, शनिबार । April 6, 2025

दशैंको अवसर पारेर नेपथ्यले ल्यायो नयाँ गीत ‘नैनताल’



काठमाडौँ । चर्चित ब्यान्ड नेपथ्यले दशैं छेको पारेर नयाँ गीत ‘नैनताल’ सार्वजनिक गरेको छ। गीतमा विश्वयुद्धमा लडेका सैनिकहरु घर फर्किएर आउँदाका अनुभव समेटिएको छ।

गीतमा भारत उत्तराखण्डको नैनीताललाई नै नैनताल नाम दिइएको छ। नेपथ्यले सन् २०१५ मै रेकर्ड गरेको यो गीत सार्वजनिक नगरिएको भए पनि यसअघिबाट नै मञ्चहरुमा भने गाउँदै आइएको थियो। आफूसँग संकलनमा रहेको यो गीतलाई नेपथ्यका गायक एवं अगुवा अमृत गुरुङले थप अध्ययनसहित परिमार्जन गरेर तयार पारेका हुन्। यस क्रममा उनले थुप्रै भूतपूर्व गोर्खा, तिनका सन्तान र गाउँलेहरुसँग भेटेका थिए।

यसरी तयार भएको यो गीत पहिलोपटक लण्डनको ओ टु एकेडेमी ब्रिक्सटनमा सन् २०१५ मा प्रस्तुत गरिएको थियो। त्यो कन्सर्ट ताका गोर्खा परम्पराको इतिहासले २ सय वर्ष टेकेको थियो। त्यसैबेला नेपथ्यले सम्पूर्ण गोर्खा सैनिक परिवारलाई समर्पित गर्दै यो गीत प्रस्तुत गरेको थियो। ‘हाम्रो लोक संस्कृतिमा भित्रिएका लाहुरे स्वादको थुप्रै अभिव्यक्तिमध्येकै एउटा पाटो वर्णन गर्ने यो गीत पल्टनमा गएका मेरा काकाबा र मावल खलकले वर्षौंदेखि गाउँदै आएका र मैले केटाकेटीदेखि सुन्दै आएको हुँ,’ अमृत भन्छन्।

यो गीत तयार पार्न अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिएका छन्।

नैन ताल

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  ४ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बाल गीतान्जली स्कुलमा अभिभावक अभिमुखिकरण र प्री-स्कुल दीक्षान्त कार्यक्रम सम्पन्न

काठमाडौँ। कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित बाल गीतान्जली स्कुलले अभिभावक अभिमुखिकरण,

नेपालमा शुरु हुँदै अन्तर्राष्ट्रिय फायर सेफ्टी र इलेक्ट्रोनिक सेक्युरिटी सम्मेलन

काठमाडौँ । आगलागी जोखिम न्यूनीकरण र विद्युतीय सुरक्षामा नयाँ प्रविधिहरूको

आईपीएल २०२५: लखनउको शानदार जित, मुम्बई १२ रनले पराजित

काठमाडौं । लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५

रास्वपा कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको कार्यवाहक नेतृत्वको जिम्मेवारी

चैते दसैँ विशेषः नवदुर्गा आराधना, शक्ति साधना र रामनवमीको उल्लास

काठमाडौं । नेपाली हिन्दू धर्मावलम्बीहरू आज चैत्र शुक्ल अष्टमीको दिन