२३ फाल्गुन २०८२, शनिबार । March 7, 2026

भारतबाट जीटूजी प्रक्रियामार्फत खरिद गरिएको मल एक महिनाभित्रै आउने


१३ कार्तिक २०७९, आइतबार  

6
Shares

काठमाडौं । भारतबाट जीटूजी अर्थात सरकार–सरकार बीचको खरिद प्रक्रियाको रासायनिक मल आउने भएको छ ।

सम्झौता अन्तर्गत पहिलो पटक ३० हजार मेट्रिकटन युरिया मल खरिदको सबै प्रक्रिया पुरा भईसकेको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । मल खरिद गर्ने भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर कम्पनीलाई भुक्तानी प्रक्रिया समेत पुरा भईसकेको लिमिटेडको भनाई छ । कम्पनीका अनुसार भारतसँग ७ सय ६८ अमेरिकी डलर प्रतिमेट्रिकटनमा मल खरिद भएको हो । पहिलो चरणको मल गहुँ र मकै सिजनका लागि प्रयोग हुने गरि एक महिनाभित्रै नेपाल भित्रिने बताइएको छ ।

खरिद गरिएको मल विराटनगर, वीरगञ्ज र भैरहवामा रहेको कृषि सामग्री कम्पनीका गोदामसम्म भारतीय कम्पनीले नै ढुवानी गर्ने छ । २०७८ फागुनमा नेपाल र भारतबीच नेपालको कुल मागको ३० प्रतिशत रासायनिक मल पाँच वर्षसम्म खरिदका लागि जीटूजी सम्झौता भएको थियो । जसअनुसार पहिलो वर्ष १ लाख ५० हजार, दोस्रो वर्ष १ लाख ७० हजार र तेस्रो वर्ष १ लाख ९५ हजार मेट्रिकटन मल ल्याइने छ । यस्तै चौथो र पाँचौं वर्षमा २ लाख १० हजार टन मल नेपालले भारतसँग सम्झौता अनुसार खरिद गर्नेछ ।

यसैबिच भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्ध एक वर्ष लम्ब्याएको छ । भारत सरकारले ३१ अक्टोबर २०२३ सम्म चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको बताईएको छ । चिनी निर्यातमा रोक लगाउने निर्णयले नेपाल लगायतका मुलुकमा चिनी अभाव हुनेछ । भारत सरकारले जुन १ देखि लागू हुनेगरी अक्टोबर ३१ सम्म चिनी निर्यातमा रोक लगाएको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ६ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по