२२ फाल्गुन २०८१, बिहिबार । March 6, 2025

चितवनमा डेङ्गी सङ्क्रमित दुई हजार नाघे



चितवन । चितवनमा डेङ्गी सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षमा हालसम्म दुई हजार एक सय ६४ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको छ । सो अवधिमा आठ हजार आठ सय ५३ जनामा डेङ्गी परीक्षण गर्दा दुई हजार एक सय ६४ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार उनीहरूमध्ये एक हजार चार सय ५१ चितवनका छन् । जसमा आठ सय २२ पुरुष र ६ सय २९ महिला छन् । चार सय ५४ सङ्क्रमित अन्य जिल्लाका हुन् भने दुई सय ५९ जनाको ठेगाना नखुलेको कार्यालयले जनाएको छ ।

चितवनमा यो अवधिमा डेङ्गी सङ्क्रमणबाट तीन जनाको ज्यान गएको छ । चितवनका सात पालिकामध्ये सबैभन्दा धेरै डेङ्गी सङ्क्रमित भरतपुर महानगरपालिकाका रहेका छन् । भरतपुरमा हालसम्म पाँच सय ५९ पुरुष र चार सय १९ महिला गरी नौ सय ७८ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भइसकेको छ ।

यस्तै खैरहनी नगरपालिकामा एक सय २४, माडीमा २८, रत्ननगरमा एक सय ९७, राप्तीमा ७९ र कालिकामा ३७ जनामा डेङ्गी देखिएको केसीले बताए । इच्छाकामना गाउँपालिकामा हालसम्म आठ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ ।

अझै केही समय डेङ्गी सङ्क्रमण हुनसक्ने भन्दै कार्यालयले सचेत बन्न सबैलाई आह्वान गरेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ८ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लायन्स डिष्ट्रिक्ट ३२५ के को तेस्रो राष्ट्रिय महाधिवेशन शनिवार पोखरामा, भिडिजीमा सुधाको उम्मेदवारी

काठमाडौं । लायन्स अन्तर्रास्ट्रिय, डिष्ट्रिक्ट ३२५ के नेपालको तेस्रो राष्ट्रिय

लगातार उकालो लाग्दै सुनको भाउ, आज कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका

आईसीसी च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड फाइनलमा

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै

आजपनि घट्यो अमेरिकी डलरको भाउ, युरो र पाउण्ड स्टर्लिङ उकालो लाग्दै

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय