१ बैशाख २०८२, सोमबार । April 14, 2025

ट्राफिक प्रहरी कार्यालयमा करिव १२ लाख राजश्व सङ्कलन



बागलुङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले चालू आर्थिक वर्षको हालसम्म झण्डै रु १२ लाख राजस्व सङ्कलन गरेको छ ।

तीन महिनाको अवधिमा एक हजार सात सय सवारी साधनलाई कारबाही गरी ११ लाख ८९ हजार राजस्व सङ्कलन गरेको हो । सो अवधिमा सबैभन्दा बढी मोटरसाइकल र सबैभन्दा कम टिपर कारबाहीमा परेका छन् । पाँच सय २३ मोटरसाइकल र दुई सय ४२ टिपर कारबाहीमा परेको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख राजकुमार केसीले जानकारी दिए ।

उनका अनुसार ट्र्याक्टर तीन सय २३, जीप तीन सय १० र दुई सय ८३ वटा बस कारबाहीमा परेका छन् । मोटरसाइकलबाट तीन लाख ६२ हजार, ट्र्याक्टरबाट दुई लाख ३० हजार पाँच सय, जीपबाट दुई लाख १३ हजार पाँच सय, बसबाट एक लाख ८७ र ट्रिपरबाट एक लाख ७४ हजार पाँच सय रुपैयाँ सङ्कलन भएको केसीको भनाइ छ ।

चालकलाई कारबाहीभन्दा बढी सचेत गराएको हुँदा राजस्व कम सङ्कलन भएको उनको भनाई छ । गत साउनदेखि हालसम्म जिल्लामा चार सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने पाँच जना गम्भीर र ६ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक कार्यालय बागलुङको तथ्याङ्कमा उल्लेख छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  १ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मुस्ताङबाट झण्डै ९ क्विन्टल अवैध शालिग्राम बरामद, संरक्षणको चुनौती थपिँदै

मुस्ताङ । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–३ स्थित छुसाङ चेकपोष्टबाट प्रहरीले ठूलो

६१ जना वरिष्ठ सई इन्स्पेक्टरमा बढुवा सिफारिस, को-को परे ? (नामावलीसहित)

काठमाडौं । नेपाल प्रहरीले ६१ जना वरिष्ठ नायब निरीक्षक (सई)लाई

वीरगञ्जमा कर्फ्यू हटाइयो, सभा–जुलुसमा भने निषेध

पर्सा । शनिबार बेलुका दुई समूहबीच भएको झडपका कारण लगाइएको

वैशाख १ गते यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार सोमबार (आज) अमेरिकी डलर

देशभर आंशिक बदली, केही स्थानमा वर्षा र हिमपात

काठमाडौं । अहिले देशभर पश्चिमी वायु र स्थानीय वायुले प्रभाव