२ बैशाख २०८२, मंगलबार । April 15, 2025

बङ्गलादेशले नेपालसँग ५० मेगावाट बिजुली खरिद गर्ने



काठमाडौं । बङ्गलादेशले नेपालसँग ५० मेगावाट विद्युत् खरिद गर्ने भएको छ ।

प्रधानमन्त्री शेख हसिनासँग बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले मंगलबार गरेको शिष्टाचार भेटवार्तामा प्रधानमन्त्रीले सो विषय जानकारी गराउएका हुन् । सन् २०४० सम्म बङ्गलादेशले कूल नौ हजार मेगावाट बिजुली खरिद गर्ने यसअघि नै सार्वजनिक गरिसकेको छ । बङ्गलादेशले भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जिएमआर) ले निर्माण गर्ने माथिल्लो कर्णाली जलविद्युत आयोजनाबाट पाँच सय मेगावाट बिजुली लैजाने सहमति गरेको छ ।

शिष्टाचार भेटमा शिक्षा, पर्यटन, ऊर्जा, व्यापार र पारवहनलगायतका विषयमा कुराकानी भएको बङ्गलादेशस्थित नेपाली दूतावासले जनाएको छ । सो अवसरमा राजदूत भण्डारीले पछिल्लो ५० वर्षमा सरकारी र दुई देशका जनता जनताबीचको सम्बन्ध निरन्तर समृद्ध हुँदै गएको, एक अर्का देशबीचको सहकार्यका अलावा असल छिमेकीको सम्बन्ध रहेको बताएका थिए।प्रधानमन्त्री हसिनाले नेपालको राजनीतिक र नागरिक समाजले बङ्गलादेशको स्वतन्त्रताका सङ्ग्राममा नेपाली राजनीतिक तथा नागरिक समाजले गरेको सहयोगको स्मरण गर्दै दुई देशबीचको द्विपक्षीय सम्बन्ध उत्कृष्ट रहेको बताए ।

उनले दुई देशबीचको व्यापार, ऊर्जा, पर्यटन र जलवायु परिवर्तनका क्षेत्रमा रहेको सम्भावना र साझा सहकार्यका सम्बन्धमा चर्चा गर्दै ‘बीबीआइएन’ मार्फत विस्तारित सम्पर्क सञ्जालको महत्वमा जोड दिएका थिए। बङ्गलादेशी प्रधानमन्त्रीले राजदूत भण्डारीलाई आफ्नो सरकारको पूर्ण सहयोग रहने र सहकार्यसमेत हुने भन्दै सफल कार्यकालको कामना गरे ।

राजदूत भण्डारीले आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरेको बङ्गलादेशस्थित नेपाली राजदूतावासको जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ६ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शान्ति नमुना माविमा शैक्षिक हडतालको प्रभाव: सम्पूर्ण कार्यक्रम स्थगित

रुपन्देही । नेपाल शिक्षक महासंघको नेतृत्वमा भइरहेको शैक्षिक हडतालको प्रभाव

कालिका मानवज्ञान माविको सम्पूर्ण शैक्षिक कार्यक्रम स्थगित

बुटवल । नेपाल शिक्षक महासंघको अगुवाइमा देशव्यापी रूपमा जारी शिक्षक–कर्मचारी

किन जान्छ झ्याप-झ्याप बिजुली ? यस्तो छ कारण

काठमाडौं । हालै देशका विभिन्न भागमा आएको प्रि-मनसुनको हावाहुरीका कारण

ओरालो लाग्यो सुन–चाँदीको भाउ, आज कति पर्छ त तोला ?

काठमाडौं । आइतबार ऐतिहासिक उचाइ छोएको सुनको मूल्य आज केही

सहकारी बन्द हुँदा बिवाह, उपचार र आपतकालीन खर्च संकटमा

रुपन्देही । छोरीको विवाहको अन्तिम तयारीमा जुटिरहेकी मादिका लोनिया अहिले