३० बैशाख २०८३, बुधबार । May 14, 2026

सयपत्री र मखमली फूल नफुल्दा प्लास्टिकको फूल किन्न बाध्य


८ कार्तिक २०७९, मंगलबार  

9
Shares

म्याङ्लुङ । तिहारलाई फूलैफूलको पर्वका रुपमा लिइन्छ ।

तर म्याङ्लुङमा यसपटक तिहारको समयमा फूल नफूलेपछि व्यवसायी र उपभोक्ता चिन्चित छन् । समयमै फूल नफूल्दा घर सजाउन र भाइटीकाका लागि फूलको अभाव भएको छ । तिहारमा आवश्यक फूल नहुँदा यसवर्ष प्लाष्टिकका कृत्रिम फूलहरूको भर पर्नु परेको छथर गाउँपालिका वडा नं ५ की सावित्रा पौडेलले गुनासो गरे।

हर्कमाया दाहाल पनि तिहारका लागि बारीमा रोपेको फूल नफूलेपछि चिन्तामा हुनुहुन्छ । “यसपटक फूलमा गरेको मेहेनत खेर जाने भयो । सबै फूल खोज्न आउँछन् तर रित्तो हात फर्काउनुपरेको छ”, उनले भने, “गाउँमै फूल नहुँदा यो वर्ष फूलको अभाव खेप्नु परेको छ ।” तिहारका बेला फुल्नुपर्ने फूल यसपटक ढिलो गरी फुल्न लागेका कारण तेह्रथुममा तिहारका लागि प्लास्टिकका माला र फूलका गुच्छाहरू बिक्री भइरहेका छन् ।

सरकारले साउन १२ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारणमा पूर्णरूपमा रोक लगाउने निर्णय गरेको थियो । प्लास्टिकजन्य फूलगुच्छा बिक्री वितरण गरेको पाइएमा एक लाखसम्म जरिवाना लगाइने राजपत्रमा उल्लेख छ । तर जिल्लामा निर्वाधरूपमा प्लाष्टिकका फूल बिक्री भइरहेका छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ४ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बाँदर आतंक नियन्त्रण गर्न तेह्रथुममा सार्वजनिक बिदा, दुई दिन ‘धपाउने अभियान’ सञ्चालन हुने

तेह्रथुम । खेतीपातीमा बढ्दो बाँदरको क्षति रोक्न लालीगुराँस नगरपालिका ले

प्रधानमन्त्री संसदमा अनुपस्थित, सांसदका प्रश्नको जवाफ अर्थमन्त्री वाग्लेले दिने

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा उठेका प्रश्नहरूको

प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ

मेयरलाई पटक–पटक खबर गर्दा पनि फोहोर उठेन, जेठ १ गते नगरपालिकामा फाल्ने तयारी

बुटवल । रुद्रगण तथा एमआरआर टिम बुटवलको संयुक्त आयोजनामा नेपाल

‘यो नेपाली शिर उचाली : सिजन–२’ बुधबारदेखि प्रसारण हुँदै

काठमाडौं । राजेश हमाल प्रस्तोता रहेको टेलिभिजन शो ‘यो नेपाली