२२ माघ २०८२, बुधबार । February 4, 2026

फूल व्यवसायीलाई भ्याइनभ्याइ



कञ्चनपुर । कृष्णपुर नगरपालिका–७ कलुवापुरकी सङ्गीता धामीलाई सयपत्री फूल टिपेर माला गाँस्न र बेच्न भ्याइनभ्याइ छ ।

सङ्गीताको फूलबारीमा आजभोलि तिहारका लागि फूल र माला किन्न आउने ग्राहकहरूको घुइँचो लाग्ने गरेको छ । कलुवापुरमा उनले ८ कट्ठा जमीनमा फूल खेती गरेका छन् । मागअनुसार फूल उत्पादन हुन नसकेको उनले बताइन् । ‘तिहारका लागि फूलको माग असाध्यै छ,’ उनले भनिन्, ‘सयपत्रीको ८ हजार बिरुवा रोपेको थिएँ । पहिलो पटक फूल खेती गरेको व्यापार राम्रै छ ।’

सङ्गीताले कृषि जेटिए अध्ययन गरेपछि गाउँमै पुष्प व्यवसाय थालेकी हुन् । फूल र गाँसेको माला बिक्री गर्ने गरेको उनको भनाइ छ । ‘एउटा मालाको सय र प्रतिकिलो फूल ५ सयमा बिक्री भइरहेको छ’ उनले भनिन्, ‘पानी परेर केही बिरुवा रोगले नष्ट भए, नत्र अझै फूल उत्पादन बढी हुन्थ्यो ।’

भीमदत्त नगरपालिका–१० तिलकेनीमा पुष्प व्यवसाय गर्दै आएका जनकबहादुर सिंहलाई पनि सयपत्री फूलबारीमा भ्याइनभ्याइ छ । बझाङ तलकोटका सिंहसहित चारजना युवाले तिलकेनीमा दुई बिघा जमिन लिजमा लिएर संयुक्तरूपमा व्यावसायिक पुष्प खेती गरिरहेका छन् । पाँच लाखको लगानीमा सयपत्रीका चार जातको फूल खेती गरिएको सिंहले बताए ।

‘फूलको माग धेरै छ, पूर्ति गर्न सकेका छैनौँ’, उनले भने, ‘एक पटक फुलेको पूरै फूल बिक्री गरेर सकिएको छ ।’ चितवनबाट फूलको बेर्ना ल्याएर खेती गरेको उनले सुनाए । ‘एक बोटमा दुई माला बनाउनेसम्म फूल उत्पादन भइरहेको छ’, उनले भने, ‘अहिले तिहारलाई लक्षित गरेर फूल उत्पादन गरेका छौँ ।’

अब फूल खेतीलाई नियमित गरेर बाह्रै महिना उत्पादन गर्ने तयारी रहेको उनले बताए । यसपटक फूल राम्रै बिक्री भएकाले १५ लाखसम्म आम्दानी हुने उनले बताए ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  १२ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल