२८ मंसिर २०८२, शनिबार । December 13, 2025

फूल व्यवसायीलाई भ्याइनभ्याइ



कञ्चनपुर । कृष्णपुर नगरपालिका–७ कलुवापुरकी सङ्गीता धामीलाई सयपत्री फूल टिपेर माला गाँस्न र बेच्न भ्याइनभ्याइ छ ।

सङ्गीताको फूलबारीमा आजभोलि तिहारका लागि फूल र माला किन्न आउने ग्राहकहरूको घुइँचो लाग्ने गरेको छ । कलुवापुरमा उनले ८ कट्ठा जमीनमा फूल खेती गरेका छन् । मागअनुसार फूल उत्पादन हुन नसकेको उनले बताइन् । ‘तिहारका लागि फूलको माग असाध्यै छ,’ उनले भनिन्, ‘सयपत्रीको ८ हजार बिरुवा रोपेको थिएँ । पहिलो पटक फूल खेती गरेको व्यापार राम्रै छ ।’

सङ्गीताले कृषि जेटिए अध्ययन गरेपछि गाउँमै पुष्प व्यवसाय थालेकी हुन् । फूल र गाँसेको माला बिक्री गर्ने गरेको उनको भनाइ छ । ‘एउटा मालाको सय र प्रतिकिलो फूल ५ सयमा बिक्री भइरहेको छ’ उनले भनिन्, ‘पानी परेर केही बिरुवा रोगले नष्ट भए, नत्र अझै फूल उत्पादन बढी हुन्थ्यो ।’

भीमदत्त नगरपालिका–१० तिलकेनीमा पुष्प व्यवसाय गर्दै आएका जनकबहादुर सिंहलाई पनि सयपत्री फूलबारीमा भ्याइनभ्याइ छ । बझाङ तलकोटका सिंहसहित चारजना युवाले तिलकेनीमा दुई बिघा जमिन लिजमा लिएर संयुक्तरूपमा व्यावसायिक पुष्प खेती गरिरहेका छन् । पाँच लाखको लगानीमा सयपत्रीका चार जातको फूल खेती गरिएको सिंहले बताए ।

‘फूलको माग धेरै छ, पूर्ति गर्न सकेका छैनौँ’, उनले भने, ‘एक पटक फुलेको पूरै फूल बिक्री गरेर सकिएको छ ।’ चितवनबाट फूलको बेर्ना ल्याएर खेती गरेको उनले सुनाए । ‘एक बोटमा दुई माला बनाउनेसम्म फूल उत्पादन भइरहेको छ’, उनले भने, ‘अहिले तिहारलाई लक्षित गरेर फूल उत्पादन गरेका छौँ ।’

अब फूल खेतीलाई नियमित गरेर बाह्रै महिना उत्पादन गर्ने तयारी रहेको उनले बताए । यसपटक फूल राम्रै बिक्री भएकाले १५ लाखसम्म आम्दानी हुने उनले बताए ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  १२ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले