२८ मंसिर २०८२, शनिबार । December 13, 2025

नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि



काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आईतबार दोहोरो अङ्कले उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलब ३५ अङ्कले उकालो लागेर एक हजार आठ सय ५८ दशमलब ४९ मा उक्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलब ८८ अङ्कले बढेर तीन सय ६५ दशमलब ९३ मा पुगेको छ ।

कूल दुई सय २१ कम्पनीको १५ लाख ३८ हजार ४२ कित्ता शेयर रु ५१ करोड ६८ लाख तीन हजार चार सय ८४ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । यस्तै, ११ उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ ।

निर्जीवन बीमा उपसमूहको शेयर मूल्यमा राम्रै वृद्धि भएको छ । कारोबारका आधारमा एभरेष्ट बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु पाँच करोड १६ लाख ३२ हजार नौ सय ९७ बराबरको कारोबार भयो । त्यस्तै, नवील बैंक रु तीन करोड ३८ लाख ८० हजार एक सय एक, नेपाल बैंक रु तीन करोड २० लाख १८ हजार सात सय ७०, एनआइसी एशिया बैंकको संस्थापक शेयर रु दुई करोड २९ लाख ५० हजार आठ सय सात र गरिमा विकास बैंकको रु एक करोड ५१ लाख ११ हजार सात सय ३७ बराबरको कारोबार भयो ।

नेप्सेका अनुसार रुरु जलविद्युत् परियोजना र सयपत्री हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लाग्यो । जनउत्थान सामुदायिक लघुवित्त चार दशमलब १५ र किसान लघुवित्तका लगानीकर्ताले चार दशमलब शून्य चार प्रतिशतले कमाएका छन् ।

त्यस्तै, सिटिजन म्युचुअल फण्ड दोस्रो नौ दशमलब ५५, अभियान लघुवित्त सात दशमलब ६०, माहुली लघुवित्त चार दशमलब शून्य तीन, वेस्ट फाइनान्स तीन दशमलब १८ र एनआइबीएल प्रगति फण्डका लगानीकर्ताले तीन दशमलब शून्य तीन प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ४ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले