२१ फाल्गुन २०८२, बिहिबार । March 6, 2026

बेसहाराका लागि नेपथ्य लाइभ कन्सर्ट


६ कार्तिक २०७९, आइतबार  

6
Shares

काठमाडौं । बेसहाराका लागि मुलुकका १० सहरमा साङ्गीतिक यात्रा आयोजना गर्न लागिएको छ ।

विगत १० वर्षदेखि सहयोगापेक्षी सडक आश्रित नागरिकको उद्धार गर्दै आइरहेको मानवसेवा आश्रमले नेपथ्य ब्याण्डसँगको सहकार्यमा आउँदो मङ्सिरमा ‘नेपथ्य लाइभ कन्सर्ट’ गर्न लागेको हो । कार्यक्रमको तयारी तीव्र रुपमा भइरहेको जनाइएको छ । स्थापित नेपथ्य व्याण्ड विगत तीन दशकदेखि सङ्गीतको माध्यमबाट सकारात्मक रूपान्तरणका लागि सक्रिय छ । यसले ‘शान्तिका लागि शिक्षा’, ‘सुन्दर शान्त नेपाल’, जस्ता नारा बोकेर गीत सङ्गीतमार्फत सामाजिक रुपान्तरणमा सहयोग गर्दै आएको छ ।

ब्याण्डले नेपालका विभिन्न सहरका साथै विश्वका अन्य मुलुकमासमेत सफलतापूर्वक कार्यक्रम सम्पन्न गरिसकेको छ । आफ्नो निर्माणाधीन भवन सम्पन्न गर्नुका साथै बेसहाराका लागि आपतकालीन कोष स्थापना गर्ने उद्देश्यले साङ्गीतिक यात्रा कार्यक्रम आयोजना गरिएको आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । उक्त लाइभ कन्सर्ट विराटनगर, वीरगञ्ज, हेटौँडा, चितवन, नेपालगञ्ज, धनगढी, सुर्खेत, बुटवल, पोखरा र काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिने उनले बताए ।

आश्रमको विराटनगर, सर्लाही, वीरगञ्ज, लमजुङ, बागलुङ, गोरखा, पोखरा, धनगढी, ललितपुर र झापामा भवन निर्माण भइरहेको छ । शाखा रहेका सुर्खेत, भक्तपुर, जनकपुर र नेपालगञ्जमा जग्गा व्यवस्थापन एवं भवन निर्माणको चरणमा छ । विसं २०८२ भित्र नेपाललाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गरी, घोषणाका लागि पहल भइरहेको छ । हाल आश्रमको संरक्षणमा एक हजार पाँच सय बेसहारा, असहाय, घरपरिवार र समाजबाट परित्यक्त व्यक्ति छन् ।

नेपथ्य लाइभ कन्सर्ट आउँदो मङ्सिर १६ गते विराटनगरको हाटखोला मैदानबाट सुरू गरिने आश्रमले जनाएको छ । मङ्सिर १९ गते वीरगञ्जको आदर्शनगर रङ्गशाला, २२ गते हेटौँडाको भूटनदेवी स्कुल मैदान, २५ गते चितवनको क्याम्पाचौर, २९ गते नेपालगञ्ज रङ्गशाला, आगामी पुस ३ गते धनगढी रङ्गशाला, पुस ६ गते सुर्खेतको खुल्लामञ्च, पुस ९ गते बुटवलको कालिका मानवज्ञान मावि, १२ गते पोखरा रङ्गशालामा तथा कन्सर्टको अन्तिम कार्यक्रम पुस १६ गते काठमाडौँको भृकुटीमण्डपमा हुनेछ ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ८ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по