२१ फाल्गुन २०८२, बिहिबार । March 6, 2026

तिहार सुरु

काग तिहार मनाइँदै, धनवन्तरि जयन्ती पनि आजै


६ कार्तिक २०७९, आइतबार  

12
Shares

काठमाडौं । यमपञ्चकको पहिलो दिन मनाइने काग तिहार यसपाली भने यमपञ्चक सुरू भएको दोस्रो दिन अर्थात् आज मनाइँदै छ ।

कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार विधिवत् रूपमा हिजो शनिबारबाट नै सुरु भएको हो । यस वर्ष यमदीपदान शनिबारदेखि सुरु भए पनि काग तिहार आइतबार परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । पञ्चांग समितिका अनुसार धनवन्तरि जयन्ती एवम् धनतेरस पनि आजै परेको छ। कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा लिइन्छ । र मिष्ठान्न खुवाएर कागको पूजा गरिन्छ ।

काग यमराजको अत्यन्त प्रीय भक्त पनि मानिन्छ । त्यसैगरी हाम्रो समाजमा प्रचलित काकगवेषण, काकन्याय, काकबलि आदि विविध शब्द कागसँगै सम्बन्धित छन् । काग अत्यन्त चलाख र सर्वभक्षी प्राणी मानिन्छ । यसैगरी पञ्चाङ्ग बमोजिम प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशीका अथवा काग तिहारका दिन दिन धनवन्तरी त्रयोदशी अर्थात धनतेरस मनाउने चलन छ । धन त्रयोदशी र धनतेरस पनि यसै दिनलाई भन्ने गरिन्छ ।

यो दिन मूलतः आयुर्वेदका प्रवर्तक धन्वन्तरि र धनका देवता कुबेरको जन्मोत्सव मनाउने पर्व हो । धनतेरसका दिन नेपालको तराइ क्षेत्र र समस्त भारतमा नयाँनयाँ भाँडाकुडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा छ । त्यस क्षेत्रमा समाजका उच्च, मध्यम वा निम्न सबै वर्गका व्यक्तिहरूमा आफ्ना आवश्यकता र विलासिताका कतिपय महत्त्वपूर्ण चिजबिजको किनमेलका लागि वर्षभरि यही विशिष्ट दिनको प्रतीक्षा गर्ने गर्दछन् ।

भोलि शनिबार बिहान कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको समितिको भनाइ छ । यसैगरी गाई, गोरु र नेवार समुदायको म्हपूजा मंगलबार गर्नुपर्ने भनिएको छ । सोमबार भने सूर्यग्रहण गरेको छ । यस वर्ष भाइटीका भने कात्तिक १० गते परेको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ८ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по