१ जेष्ठ २०८२, बुधबार । May 14, 2025

अपूर्व विरुद्धको मुद्दा फिर्ता लिन विवेकशील साझाको माग



काठमाडौं । कमेडियन अपूर्व क्षितिज सिंह विरुद्धको मुद्दा फिर्ता लिन विवेकशील साझा पार्टीले आग्रह गरेको छ।

कमेडियन सिंहमाथि जातीय भेदभाव गरेको, अपमानजनक वा अमानवीय व्यवहार गरेको, सामाजिक रीतिथितिमा खलल पुर्‍याएको र सार्वजनिक शान्ति खलल पुर्‍याएको अभियोग लगाएको छ। मुद्दा फिर्ता लिन सरकारले पहल गर्नुपर्ने विवेकशील साझा पार्टीको माग रहेको छ। ‘हामी उजुरीकर्तालाई मुद्दा फिर्ता लिएर सामाजिक सहिष्णुता कायम राख्न र सरकारलाई विशेष पहल कदमी लिन आग्रह गर्दछौं,’ विवेकशील साझा पार्टीको जारी विज्ञप्तिमा उल्लेख छ।

सिंहले यूट्युबबाट भिडिओ हटाएर माफी पनि मागिसकेको सन्दर्भमा माफी स्विकार्दै मुद्दा फिर्ता गर्नुपर्ने विज्ञप्तिमा छ।घटनाका पक्ष र विपक्षमा रहेका समुदायलाई उत्तेजित हुन नदिई सहज वातावरणका साथ विषयलाई टुङ्ग्याउन र मुद्दा दायर गरेकाहरूलाई पनि विश्वासमा लिएर समस्या समाधान गर्ने वातावरण सरकारले बनाउनुपर्ने विवेकशील साझाको माग रहेको छ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ८ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लगातार चौथो दिन पनि घट्यो सेयर बजार, कति पुग्यो कारोबार रकम ?

काठमाडौं । नेपाली सेयर बजारमा गिरावटको क्रम बुधबार पनि जारी

पुम्दिकोटमा नगर बस दुर्घटनाः २० यात्रु घाइते, ४ को अवस्था गम्भीर

पुम्दिकोट । पोखरा महानगरपालिका–२२ पुम्दिकोटमा बुधबार दिउँसो नगर बस दुर्घटना

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट पुनः ‘हेर्न नमिल्ने’ सूचीमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर गरिएको

क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको घोषणा

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका चर्चित खेलाडी सन्दीप लामिछानेले नेपाल

मखनटोलमा आगलागी अपडेटः मृत्यु हुने काभ्रेकी विष्णु अधिकारी

काठमाडौं । काठमाडौं महानगरपालिका–२४, मखनटोलस्थित सुरज आर्केड पछाडिका दुई घरमा