२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

अपूर्व विरुद्धको मुद्दा फिर्ता लिन विवेकशील साझाको माग


५ कार्तिक २०७९, शनिबार  

21
Shares

काठमाडौं । कमेडियन अपूर्व क्षितिज सिंह विरुद्धको मुद्दा फिर्ता लिन विवेकशील साझा पार्टीले आग्रह गरेको छ।

कमेडियन सिंहमाथि जातीय भेदभाव गरेको, अपमानजनक वा अमानवीय व्यवहार गरेको, सामाजिक रीतिथितिमा खलल पुर्‍याएको र सार्वजनिक शान्ति खलल पुर्‍याएको अभियोग लगाएको छ। मुद्दा फिर्ता लिन सरकारले पहल गर्नुपर्ने विवेकशील साझा पार्टीको माग रहेको छ। ‘हामी उजुरीकर्तालाई मुद्दा फिर्ता लिएर सामाजिक सहिष्णुता कायम राख्न र सरकारलाई विशेष पहल कदमी लिन आग्रह गर्दछौं,’ विवेकशील साझा पार्टीको जारी विज्ञप्तिमा उल्लेख छ।

सिंहले यूट्युबबाट भिडिओ हटाएर माफी पनि मागिसकेको सन्दर्भमा माफी स्विकार्दै मुद्दा फिर्ता गर्नुपर्ने विज्ञप्तिमा छ।घटनाका पक्ष र विपक्षमा रहेका समुदायलाई उत्तेजित हुन नदिई सहज वातावरणका साथ विषयलाई टुङ्ग्याउन र मुद्दा दायर गरेकाहरूलाई पनि विश्वासमा लिएर समस्या समाधान गर्ने वातावरण सरकारले बनाउनुपर्ने विवेकशील साझाको माग रहेको छ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ८ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ