२२ फाल्गुन २०८२, शुक्रबार । March 6, 2026

डा बच्चुकैलाश कैनीका पाँच कृति विमोचन


५ कार्तिक २०७९, शनिबार  

6
Shares

काठमाडौं । साहित्यकार डा बच्चुकैलाश कैनीका पाँच कृति विमोचन गरिएको छ।

नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टरका प्रमुख कार्यकारी अधिकृत (सिईओ) डा कैनीद्वारा लिखित निबन्ध सङ्ग्रह ‘अदृश्य मनका सादृश्यहरु’, कथासङ्ग्रह ‘भिसागर्ल’, गजल सङ्ग्रह ‘प्रतिबिम्ब’, कवितासङ्ग्रह ‘सीमाहीन सीमा’ र ‘रङ्गको पहिचान’ शनिबार विमोचन गरिएको हो ।

उक्त कृतिको विमोचन गर्दै वरिष्ठ साहित्यकार प्र.डा.अभि सुवेदीले डा कैनीको कृतिले नेपाली साहित्य जगतमा नयाँ इँटा थपिएको बताए। “हरेक कृतिमा जीवनलाई सहज ढङ्गले लेखेको पाइयो, फराकिलो क्यान्भासलाई छोटकरीमा लेखिएको छ”, उनले भने। वरिष्ठ मुटुरोग विशेषज्ञ एवं साहित्यकार डा भगवान कोइरालाले एकैपटक धेरै कृति नेपाली साहित्य जगतमा ल्याउनु उल्लेखनीय कार्य भएको बताए। उनले लेखक डा कैनीलाई आगामी कृति लेखनको शुभकामनासमेत दिए। ‘अदृश्य मनका सादृश्यहरु’ निबन्ध सङ्ग्रहबारे चर्चा गर्दै नियात्रा समाज नेपालका अध्यक्ष प्रतीक ढकालले निबन्धकार डा.कैनीले मनका कुरा निबन्धमार्फत प्रस्तुत गरेको बताए।

उनले कृतिले लेखकलाई सँधैभर अमर राखेको उल्लेख गरे। ‘भिसागर्ल’ कथासङ्ग्रहमाथि चर्चा गर्दै वरिष्ठ साहित्यकार शिव प्रकाशले प्रवासमा बसेर लेखिएका कृतिमा नेपालीपन घुस्ने गरेको बताए। उनले समग्रमा कथासङ्ग्रह राम्रो भएपनि केही कथाहरु हतारमा लेखिएको भान पाठकमा भएको उल्लेख गरे । ‘सीमाहीन सीमा’ र ‘रङको पहिचान’ कविता सङ्ग्रहमाथि चर्चा गर्दै कवि प्राडा खुमनारायण पौडेलले ५०/५० कविता समावेश भएका दुईवटै कृति सरल भाषामा लेखिएका बताए। उनले कविताभित्र राजनीति, प्रकृति र व्यङ्ग्य भएको उल्लेख गरे।

वरिष्ठ समाजसेवी एवं पूर्वराज्यमन्त्री अमरराज कैनीले सामान्य परिवारमा जन्मेर बेलायतमा विद्यावारिधी गर्नुभएका डा कैनीले अस्पताल व्यवस्थापन बाहेक नेपाली साहित्यमा देखाएको रुची सराहनीय भएको बताए । उनले डा कैनी बहुप्रतिभाका धनी भएको उल्लेख गरे । साहित्यकार प्रभा कैनी, आवरण प्रकाशनका अध्यक्ष रमेश पौडेल, नेपाल क्यान्सर अस्पताल हरिसिद्धीका अध्यक्ष डा सुदिप श्रेष्ठलगायतले अस्पताल व्यवस्थापनमा विज्ञता हासिल गरेका डा कैनीले अस्पताल व्यवस्थापनका बाबजुद साहित्यमा कलम चलाएकामा खुसी व्यक्त गरे।

लेखक डा कैनीले २०४० सालको दशकदेखि कविता लेख्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि नयाँ कृति प्रकाशन गर्दै जाने प्रतिबद्धता व्यक्त गरे। उनले शनिवार विमोचन भएका कतिपय कृतिहरु बेलायतमा हुँदा नै लेखिएको स्पष्ट पारे। तनहुँको ब्यास नगरपालिका–१२ कमलबारीमा जन्मनुभएका डा कैनीले ग्रीनवीच युर्निभर्सिटी लण्डनबाट अस्पताल व्यवस्थापनमा विद्यावारिधी गरेका छन् । उनले यसअघि प्रिन्सिपल अफ हस्पिटल म्यानेजमेन्ट, फाइनान्सियल म्यानेजमेन्ट र मेरो रहरलगायत पुस्तक प्रकाशन गरिसकेका छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ८ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по