२२ माघ २०८२, बुधबार । February 4, 2026

हामी आयौं



प्रकाशकीय। गो न्यूज नेपाल डट कम शुभारम्भ भएको खबर सुनाउन पाउँदा खुसी लागेको छ ।

गो मिडिया नेटवर्क प्रा.लि. ले २०७९ सालको तिहारको अवसर पारेर अनलाइन समाचार पोर्टल ‘www.gonewsnepal.com’ सुरु गरेको हो । सन् १४५६ मा प्रिन्टिङ प्रेसको आविष्कार भएपछि सुरु भएको पत्रकारिता अहिले डिजिटल युगमा छ । छापा पत्रकारिता रेडियो, टेलिभिजन, अनलाइन पत्रकारिता हुँदै इन्टरनेटको युगसम्म आइपुगेको छ । इन्टरनेट प्रविधिले प्रकाशन तथा प्रसारण हुने पत्रपत्रिका तथा रेडियो टेलिभिजन पढ्न सुन्न र हेर्न सकिने प्रविधिको विकास सहजता बनाएको छ ।

गोन्यूजनेपाल डट कम इन्टरनेट प्रविधिमार्फत हुने पत्रकारिताको एउटा सञ्चार गृह हो । नेपालमा अनलाइन मिडियाको कुनै अभाव छैन । मूलधारदेखि विषयगतसम्म अनलाइनले बजार लिइरहेका छन् । अनलाइन सञ्चालनका लागि विज्ञापन बजारको स्रोत वृद्धि नभए पनि अनलाइन खुल्नेमा कुनै कमी आएको छैन । सँगै बन्द हुने क्रम पनि उत्तिकै छ ।

गोन्यूजनेपाल डट कम स्थापित सञ्चारकर्मीहरुबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । हामीलाई सूचना सम्प्रेषण गर्ने हतार छैन, तथ्यमा आधारित भएर खबर प्रवाह गर्न सक्यौं भने हाम्रो ध्येय पूरा हुन्छ ।

पत्रकारिताको धर्म, पेसागत मर्यादा र गोपनीयता अधिकारप्रति हामी सचेत छौं । हामीलाई सचेतता प्रदान गर्न तपाईं पाठकहरुको पनि उत्तिकै भूमिका अपेक्षा गर्दछौं ।

अन्त्यमा तिहार, नेपाल संवत् र छठको शुभकामना ।

रेखा ढुङ्गाना
अध्यक्ष, गो मिडिया नेटवर्क प्रा.लि.

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ६ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल