२२ बैशाख २०८३, मंगलबार । May 6, 2026

नेप्से २४ अंकले ओरालो


१० आश्विन २०७९, सोमबार  

0
Shares

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झण्डै २४ अंकले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३ दशमलब ८३ अंकले ओरालो लागेर एक हजार ८१५ दशमलब १३ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलब ८३ अंकले ओरालो लागेर तीन सय ५५ दशमलब ६० मा सीमित भएको छ । कूल दुई सय २८ कम्पनीको ४० लाख १४ हजार चार सय १९ कित्ता शेयर रु एक अर्ब सात करोड २४ लाख ८० हजार ९७ मूल्यमा खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा आज गिरावट आएको छ । आइतबारको कारोबारपछि बजार पुँजीकरण रु २६ खर्ब आठ अर्ब तीन करोड ४६ लाख ९६ हजार आठ सय ६६ बराबर रहेको छ । कारोबारका आधारमा लक्ष्मी बैंक शीर्ष स्थानमा छ ।

सो बैंकको रु २६ करोड दुई लाख ५७ हजार पाँच सय १८ बराबरको कारोबार भयो । यस्तै नबिल बैंक रु चार करोड २९ लाख ७८ हजार चार सय ५३, रिडी पावर कम्पनी रु तीन करोड ४९ लाख ८२ हजार, नेपाल पूर्वाधार बैंक रु दुई करोड ५९ लाख ४० हजार दुई सय ९३ र अरुण काबेली पावरको रु दुई करोड २३ लाख २५ हजार चार सय ७९ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार अभियान लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । नबिल इक्विटी फण्ड दुई दशमलब ९४, लक्ष्मी बैंक दुई दशमलब ६६, एनआइबीएल प्रगति फण्ड दुई दशमलब ५६ र जोशी हाइड्रोपावरका लगानीकर्ताले दुई प्रतिशतले कमाएका छन् ।

यस्तै तेह्रथुम पावर सात दशमलब ९०, कुमारी धनवृद्धि योजना सात, सामुदायिक लघुवित्त छ दशमलब ६५, नेपाल पूर्वाधार बैंक छ दशमलब ४१ र बुद्धभूमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलब ७४ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ६ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको

सेरी–पान्तडी सडकखण्डमा राजनीतिः शक्तिको आडमा रुट नै परिवर्तन

सुर्खेत । कर्णाली प्रदेशको अति महत्वको ‘सुर्खेत–जुम्ला’ सडकको निर्माण कालिकोट