१५ चैत्र २०८१, शनिबार । March 29, 2025

त्रिभुवन विमानस्थल वरपर चङ्गा उडाए कारबाही हुने



काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर चङ्गा उडाउनेलाई कारबाही हुने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले एक सूचना प्रकाशित गरी विमानस्थल वरपर चङ्गा उडाउँदा हवाई उडानमा खतरा हुने भन्दै सो कार्य तत्काल रोक्न आग्रह गरेको छ । विमानस्थलमा जहाज उडान तथा अवतरणको समयमा विमानस्थलको आसपासको क्षेत्रमा चङ्गा उडाउँदा विमानको उडान सुरक्षामा गम्भीर असर पर्नसक्ने भएको हुँदा यस किसिमको गतिविधि एवं क्रियाकलाप नगर्न/नगराउन हुन सम्बन्धित सबैमा प्राधिकरणले प्रकाशित गरेको सूचनामा जनाइएको छ ।

यदि कसैले उक्त सूचनाको अवज्ञा वा अटेर गरी चङ्गा उडाउने कार्य वा गतिविधि गरे तथा गराएको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही हुनेसमेत प्राधिकरणले चेतावनी दिएको छ । दसैँ नजिकिएसँगै अहिले विमानस्थललगायत काठमाडौँका विभिन्न स्थानमा चङ्गा उडाउने कार्य तीव्ररुपमा चलिरहेको छ ।

नेपाल नागरिक उडड्यन प्राधिकरणको सूचना

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ५ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

राष्ट्रपति पौडेलको उपस्थितिमा घोडेजात्रा सम्पन्न

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८१ का अवसरमा नेपाली

“पूर्वराजा ज्ञानेन्द्र अहिले यस्तो गर्छन् भने, राजा भए के गर्लान्?”: देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश अहिले एकढिक्का

पत्रकार सुरेश रजकलाई सहीद घोषणा गर्न परिवारको माग

काठमाडौँ । तीनकुनेमा हिजो भएको हिंसा क्रममा निधन भएका पत्रकार

पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रबारको राजावादी प्रदर्शनमा तीनकुने क्षेत्रमा फोहोर

बुटवलमा पत्रकार रजकको हत्या विरोधमा प्रदर्शन

बुटवल। एभिन्यूज खबरका पत्रकार सुरेश रजकको हत्या विरोधमा बुटवलमा विरोध