काठमाडौँ । भियतनामका १८० जना बौद्ध धर्मावलम्बीहरू विशेष चार्टर विमानमार्फत भगवान् गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा भ्रमणमा आउने भएको छ । वैशाख ५ गते भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम तय गरिएको छ। उक्त टोलीले लुम्बिनीमा विशेष पूजा कार्यक्रममा सहभागी हुनेछन् । कार्यक्रमपछि, वैशाख ६ गते उनीहरू सडकमार्ग हुँदै भारतको वाराणसीतर्फ प्रस्थान गर्नेछन्।…