एजेन्सी । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी सम्मिलित भ्यानकुभर नाइट्सले ग्लोबल टी–२० क्यानडामा पहिलो जीत दर्ता गरेको छ । आइतबार भएको खेलमा भ्यानकुभरले मोन्ट्रेयाल टाइगर्सलाई ५ विकेटले पराजित गरेको हो । टाइगर्सले दिएको १ सय १० रनको लक्ष्य भ्यानकुभरले आठ बल बाँकी छँदै पाँच विकेट गुमाएर भेट्टायो । भ्यानकुभरका रिजा…