१८ जेष्ठ २०८३, सोमबार । June 1, 2026

पेरिस ओलम्पिक–२०२४ः ४७ देशले जिते पदक, चीन शीर्ष स्थानमा


१७ श्रावण २०८१, बिहिबार  

9
Shares

काठमाडौं । जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ४७ देशले पदक जितेका छन् ।

बुधबार सम्पन्न खेलपछि २७ देशले स्वर्ण पदक जितेका छन् भने कुल ४७ देशले पदक जितेका छन् । जसमा चीन ९ स्वर्ण, ७ रजत र ३ काश्य पदक जितेर शीर्ष स्थानमा रहेको छ । त्यस्तै फ्रान्स ८ स्वर्ण, १० रजत र ८ काश्य पदकसहित दोस्रो स्थानमा रहेको छ ।

त्यसैगरी जापान ८ स्वर्ण, ३ रजत र ४ काश्य पदकसहित तेस्रो स्थानमा रहेको छ भने अस्ट्रेलिया ७ स्वर्णसहित ६ रजत र ३ काश्य पदक जितेर चौथो स्थानमा रहेको छ । त्यस्तै त्यस्तै ग्रेट ब्रिटेनले ६ स्वर्ण, ६ रजत र ५ काश्य पदक जितेको छ भने दक्षिण कोरियाले पनि ६ स्वर्णसहित ३ रजत र ३ काश्य पदक जितेको छ । त्यस्तै अमेरिकाले ५ स्वर्ण १३ रजत र १२ काश्य पदक जितेको छ । त्यसैगरी इटालीले ३ स्वर्ण, ६ रजत र ४ काश्य पदक जितेको छ ।

त्यस्तै क्यानडा, हङकङ र जर्मनी २(२ स्वर्ण पदक जितेका छन् । त्यसैगरी स्विडेन, नेदरल्याण्डस, जर्जिया, न्यूजील्याण्ड, बेल्जियम, काजकिस्तान, दक्षिण अफ्रिका, क्रोसिया, ग्वाटेमाला, आयरल्याण्ड, रोमानिया, अर्जेन्टिना, अजरबैजान, स्लोभेनिया, सर्बिया र उज्बेकिस्तानले पनि एक एक स्वर्ण पदक जितेका छन् ।

त्यसैगरी अहिलेसम्म ओलम्पिक पदक जित्ने देशमा हंगेरी, उत्तर कोरिया, ब्राजिल, पोल्याण्ड, कोसोभो, मेक्सिको, स्वीजरल्याण्ड, टर्की, फिजी, मंगोलिया, ट्युनिसिया, भारत, मोलडोभा, अस्ट्रिया, इजिप्ट, स्पेन, ग्रीस, स्लोभाकिया, ताजकिस्तान र युक्रेन रहेका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार  ७ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिआईबीका ठूला अनुसन्धानले बढायो कानुनी शासनप्रतिको भरोसा

काठमाडौं । पछिल्लो समय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली