बुधबार देखि यस बर्षको मनसुन नेपाल भित्रिएको छ । मौसक पूर्वानुमान महाशाखाका अनुसार बुधबार देखि कोशी प्रदेश, पूर्वी मधेश प्रदेश,बागमती प्रदेशका अधिकांश भूभाग र गण्डकीका पूर्वी भूभागमा मनसुन पुगेको छ। नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो। तर, यसपटक एक दिन ढिलो मनसुन भित्रिएको हो। मौसमविद् गोविन्द झाका अनुसार हाल पोखरासम्म मनसुनको प्रभाव छ,…