काठमाडौं । आज हिमाली तथा उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भवना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भू–भागका थोरै स्थान तथा तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ सहित छिटपुटदेखि…