१९ फाल्गुन २०८१, सोमबार । March 4, 2025

शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नीको निधन

काठमाडौँ । शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन भएको छ। एक सय बर्ष पुरा गरेकी राधादेवीको शनिबार बिहान ५ बजेर १५ मिनेटमा किस्ट अस्पतालमा निधन भएको हो । श्वासप्रश्वासका कारण दुई साताअघि उनलाई किस्ट अस्पतालमा भर्ना गरिएको थियो। सत्यमोहन जोशीको गत असोज ३० गते १०३ वर्षको उमेरमा निधन भइसकेको छ ।