धनगढी । बाजुराको खप्तड छेडेदह गाउँपालिका–३, धुर्तोलामा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ। आइतबार साँझ घर नजिकै खेलिरहेका ८ वर्षीय विजय रावतलाई चितुवाले आक्रमण गरेपछि घटनास्थलमै उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। प्रहरी निरीक्षक देवबहादुर चौधरीका अनुसार, अचानक चितुवा आँगनमा आइपुगेपछि बालकलाई समातेर लगेको थियो। घटना भएपछि स्थानीय बासिन्दामा ठूलो त्रास…