जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पुनः प्रदेश सभामा सत प्रतिशत विश्वाको मत प्राप्त गरेका छन् । मंगलबार प्रदेश सभामा उपस्थित १०३ जना सांसद मध्ये विश्वासको मतको पक्षमा १०३ सांसद मत दिएका थिए । विपक्षमा शून्य मत परेको छ । नेकपा एमालेले गठबन्धन भत्किएसँगै जेठ १ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।…