कैलाली । होलीको दिन चिसापानीस्थित कर्णाली पुलबाट हाम फालेका कैलालीको लम्कीचुहा नगरपालिका–३ का ३० बर्षीय लोकेन्द्रबहादुर शाहीको शव भेटिएको छ । टीकापुर नगरपालिका–२ को सनकट्टी घाटमा बिहीबार दिउँसो शाहीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीका अनुसार शाही भेटिएको स्थान कर्णाली पुलबाट करिब १६ किलोमिटरको दुरीमा रहेको छ । होलीको दिन…