इलाम । इलाम २ मा नेकपा एमालेका सुहाङ नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन् । १५ वैशाखमा हुने उपनिर्वाचनका लागि इलाम २ मा हालसम्म सुहाङसहित ७ जनाले उम्मेदवारी दर्ता गराइसकेका छन् । एमालेले उपनिर्वाचनका लागि चुनावी कमाण्डर बनाएकी पूर्वउपसभामुख तथा एमाले नेता शिवमाया तुम्वाहाङ्फे, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मत कार्की, पूर्वमन्त्री राम राना, राष्ट्रिय युवा संघका…