घोराही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिने भएका छन् । विश्वासको मत नपाउने सम्भावना भएपछि मुख्यमन्त्री चौधरीले राजीनामा दिने भएका हुन् । मुख्यमन्त्री चौधरीले आज दिउँसो ४ बजे संसद्मा विश्वासको मत लिने कार्यसूची थियो । तर विश्वासको मत नपाउने भएपछि उनले पदबाट राजीनामा दिने तयारी गरेका हुन् ।