३ माघ २०८१, बिहिबार । January 16, 2025

मेलम्ची नदीको जलसतह बढ्यो,तटीय क्षेत्रमा बाढीको जोखिम

सिन्धुली । निरन्तरको बर्षाले मेलम्ची नदीको जल सतह बढेको छ । जिल्लाको नाकोटेको जलमापन केन्द्रमा हालको जलसतह (४ दशमलव १८४ मिटर), सतर्कता तह आसपास रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार जलसतह बढ्दो क्रममा रहेकाले तल्लो नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेको छ । तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले जनाएको छ ।