३१ जेष्ठ २०८३, आइतबार । June 14, 2026

सत्रकिलो दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ५ पुग्यो, एकको अवस्था गम्भिर

काठमाडौं । शुक्रबार बिहान भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा बस र इलेक्ट्रिक माइक्रोबस ठोक्किँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ । मृत्यु हुनेमध्ये गोरखाको आरुघाट गाउँपालिका–१ मान्बुका ४२ वर्षीय राजबहादुर गुरुङको मात्र पहिचान खुलेको छ। अन्य तीन पुरुष र एक महिलाको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दुर्घटनामा अन्य पाँचजना घाइते भएका छन् ।…