२१ मंसिर २०८२, शनिबार । December 6, 2025

सोमबार देवघाटमा गण्डकी परिक्रमा गरिँदै

तनहुँ । सोमबार तनहुँको देवघाट धाममा गण्डकी परिक्रमा गरिने भएको छ । वैदिक सनातन धर्म र संस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यले सोमबार पैदल हिँडेर गण्डकी परिक्रमा गर्न लागिएको हो । देवघाटधाम क्षेत्रमा साधनारत सन्त महात्माको अगुवाइमा गण्डकी परिक्रमा गर्न लागिएको हो । गत वर्षदेखि शुरु गरिएको यो अभियानलाई यस वर्ष पनि निरन्तरता दिइएको हो ।