८ चैत्र २०८२, आइतबार । March 22, 2026

थप १० वर्ष आहा रारा पोखरा गोल्डकपलाई हिमश्रीको साथ

कास्की । हिमश्री फुड्सले प्रालिले कास्कीको चर्चित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितालाई थप १० वर्ष मुख्य प्रायोजन गर्ने भएको छ । सहारा क्लब पोखराले २० वर्षअघिदेखि सञ्चालन गर्दै आएको फुटबल प्रतियोगितालाई हिमश्री फुड्सले सुरुआतदेखि नै मुख्य प्रायोजन गर्दै आएकामा थप १० वर्षका लागि तेस्रो पटक साथ दिने गरी सम्झौतामा मंगलबार हस्ताक्षर गरिएको हो ।…