कास्की । पोखरामा दुर्घटनामा परेको यति एयरलाइन्सको विमानमा सवार चारजनाको अवस्था अझै अज्ञात रहेको छ । विमानमा सवारमध्ये ६८ जनाको शव प्राप्त भइसके पनि बाँकी चारजनाको खोजी भइरहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिएका छन् । उनीहरूको खोजीका लागि सशस्त्रको गोताखोर परिचालन भरहेको जानकारी दिँदै उनले खोजीका लागि रात्रिकालीन बत्तीको व्यवस्था गरिएको बताए…