१० बैशाख २०८३, बिहिबार । April 23, 2026

मुक्ति कृषि सहकारीको अध्यक्षमा आचार्य निर्वाचित


१ माघ २०७९, आइतबार  

21
Shares

विराटनगर । मोरङको कानेपोखरी २ को मुक्ति कृषि सहकारी संस्थाको अध्यक्षमा अर्जुन आचार्य सर्वसम्मत चयन भएका छन् ।

स्थापनाकाल देखि निरन्तर अध्यक्ष हुँदै आएका आचार्य पुनः निर्वाचित भएका हुन् । शुक्रबार सम्पन्न आठौं साधरणसभाको अवसरमा भएको निर्वाचन प्रक्रियामा आचार्यसहित कार्यसमितिका उपाध्यक्ष युवराज कोइराला, सचिवमा लोकनाथ फुयाल र कोषाध्यक्षमा लाखबहादुर श्रेष्ठ सर्वसम्मत चयन भएका हुन् ।

७ सदस्यीय कार्यसमितिको सदस्यमा नवराज भट्टराई, चन्द्रमाया मगर र जमुना अधिकारी (ओझा) चयन भएका हुन् । यस्तै लेखा समितिको संयोजकमा टिका प्रसाद कोइराला तथा सदस्यहरुमा अम्बिका कोइराला र रिना कार्की चयन भएका छन् । २०७१ सालमा स्थापित सहकारीले गत आर्थिक वर्षमा डेढ करोड बढीको कारोबार गरेको छ भने ८ लाख ७५ हजार शेयरपूँजी रहेको सहकारीले गत आर्थिक वर्ष २०७८/०७९ मा २ लाख ७८ हजार ३१७ मुनाफा गरेको छ ।

चार लाख १ हजार ७२७ रुपैयाँ बराबरको स्थिर सम्पत्ती रहेको सहकारीमा ६६ जना शेयर सदस्य रहेका छन् ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ९ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म