मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज अपराह्न ३ बजे बस्दै छ । उक्त बैठकमा छलफलका लागि दुई विधेयक पेस हुने बागमती प्रदेशसभा सभामुख भुवनकुमार पाठकले जानकारी दिए । बैठक यसअघि यही असोज १७ गते बुधबार बसेर अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको थियो । बागमती प्रदेशसभा चिट्ठा विधेयकले केही विवाद सिर्जना गरेको छ ।…