८ मंसिर २०८१, शनिबार । November 23, 2024

पर्यटकीयस्थल वसन्तापखोर जोड्न पदमार्ग निर्माण

बागलुङ । बागलुङको काठेखोला गाउँपालिकाले पर्यटकीयस्थल वसन्तापखोरलाई जोड्न पदमार्ग निर्माण थालेको छ । गाउँपालिकाले वडा नं ४ चापोट जनजाति सङ्ग्रहालयदेखि वसन्तापखोरसम्म पदमार्ग निर्माण सुरु गरेको हो । धेरै सम्भावना भएको ठाउँ भए पनि वर्षौंदेखि प्रचारप्रसार नहुँदा ओझेलमा परेको वसन्तापखोरलाई पर्यटकीयस्थलका रुपमा विकास गर्न पालिकाले यस वर्ष बजेट व्यवस्थापन गरेर पदमार्ग निर्माण थालेको काठेखोला गाउँपालिकाले जनाएको…